माेरङ ५ असाेज
प्रथम मिरिक रोड रनिङ प्रतियोगिताको भब्य तयारी भईरहेको छ । मिरिकको पर्यटन र सांस्कृति पहिचानका लागि पहिलो पटक प्रथम मिरिक रोड रनिङ प्रतियोगिता आयोजना गरिन लागेको हो ।
दाैड प्रतियाेगिता आयोजक समितिका संयोजक ज्ञानेन्द्र गुरुङका अनुसार भारत, नेपाल र भुटानका गरि एक हजार बढी प्रतियोगीकाे सहभागिता रहने जानकारी दिए । प्रथम मिरिक रोड रनिङ प्रतियोगिता १० किलोमिटरको छ भने विद्यालयका विद्यार्थीहरुका लागि ३ किलोमिटर रहेकाे समितिका सचिव दिलिपराज राईले जानकारी दिए । खुल्लातर्फको विजेतालाई २० हजार, उपविजेतालाई १५ हजार र तृतिय हुनेलाई १० हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने जानकारी दिए । यस्तै ३६ वर्ष उमेरदेखी ४९ वर्षसम्मकालाई र ५० वर्ष माथिका समेत रहेकाे छ । प्रतियोगिताको इभेन्ट एम्भबेस्टरमा विश्व अल्ट्रा धावक मिरा राई रहेकि छिन् । प्रतियोगितालाई सफल बनाउन स्थानीय सरकार, व्यवसायी, संघसंस्था, विद्यालय कलेज सबै लागिपरेको आयोजकले जानकारी दिए । प्रतियोगितामा नेपालबाट पनि सयौँ प्रतियोगी मिरिक जाने तयारी रहेको भोजपुर रन आयोजना गर्दै आएको मिरा राई फाउण्डेशनका कोषाध्यक्ष नुतन राईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय