
माेरङ ७ असाेज
माेरङकाे उर्लाबारी नगरपालिकामा दुई जना ज्येष्ठ पत्रकारलाई सम्मान गरिएको छ । भिन्नाभिन्नै कार्यक्रममा पत्रकार डिपि खतिवडा र दुर्गाप्रसाद भट्टराईलाई नगद सहित सम्मान गरिएको हो । खतिवडा अलकापुरी साप्ताहिक र भट्टराई पाथिभरा साप्ताहिकका सम्पादक/प्रकाशक हुन् ।
उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २१ औं साधारणसभामा पत्रकार खतिवडा र उर्लाबारी उद्योग वाणिज्य संघको ३५ औं साधारणसभामा पत्रकार भट्टराईलाई सम्मान गरिएको थियाे । श्रीसगरमाथा बचत तथा ऋण सहकारी संस्थामा सञ्चालित खानेपानीको २१ औं साधारणसभामा प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका प्रमुख गंगा खरेलले पत्रकार खतिवडालाई १० हजारले सम्मान गरेका थिए भने उर्लाबारी उद्याेग वावाणिज्य संघको आफ्नै सभाहलमा ३५ औं साधारणसभामा प्रमुख अतिथि नगरपालिकाकी उपप्रमुख मिना खतिवडा पौडेलले पत्रकार भट्टराईलाई ५ हजारले सम्मान गरेकि थिइन । त्यस्तै खानेपानीका अध्यक्ष चिन्तामणी र्पाैड्यालको सभापतिवमा भएको सो साधारणसभामा कार्यालय प्रमुख राजु बुढाथोकी र पम्प अपरेटर दिलबहादुर मगरलाई पनि सम्मान गरिएको थियो भने अर्काेतिर उर्लाबारी उवासंघका अध्यक्ष शेरबहादुर भण्डारीको अध्यक्षतामा भएको साधारणसभामा
प्रादेशिक महोत्सवलाई सफल बनाउन उल्लेखनीय योगदान पुर्याए वापत संयोजक भरत भट्टराई, सहसंयोजक प्रितम खड्गी, यमलाल रसाइली, हेमराज गुरुङ, जंगबहादुर कार्की, निर्मला चौहान, डिल्लीराम खतिवडा, भेषबन्धु निरौला, राजन दाहाल, गणेश खत्री, रोशन घिमिरे, राधिका काफ्ले, गोपाल भण्डारी, नितम चौहान, नुतन राई, राजकुमार श्रेष्ठ, दशरथ यादव, शंकर थपलिया, देवी सिटौला, विनिता दहाल र चन्द्र कार्कीलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।