दमक ८ असाेज
झापामा निकै चर्चित रहेको अम्विका माछा फ्राईमा दमक नगरपालिकाले आज अनुगमन गर्दा दमक स्थित पशुपति मार्गमा रहेको अम्बिका माछा फ्राईमा अखाद्य बस्तु मिसावट गरी माछा पकाउने गरेको पाईएको छ ।
अनुगमनका क्रममा पकाउन तयारी पारेका माछामा मानव स्वास्थ्यलाई असर पार्ने खालका केमिकल प्रयोग गरेको पाइएपछि नगरपालिकाले माछा जफत गरेको हाे ।
दमक नगरपालिकाकी उप-प्रमुख रेगिना भट्टराईको नेतृत्वकाे टोलिले माछामा आखाद्य बस्तुको मिसावट गरी विक्रि गर्ने गरेको पाइएपछि सवै माछा जफत गरी नमुना परिक्षणका लागि नगपालिकाले लगेको छ ।
यस्तै सोही टोलीले दमक-५ मा रहेको सगुन माछा फ्राईमा पनि अनुगमन गर्दा अनुगमनका क्रममा सो माछा फ्राईलेपनि माछामा अखाद्य रङ लगाएर माछा विक्रि गर्ने गरेको पाईपछि सगुन माछा फ्राईकाे माछा समेत जफत गरेको छ ।
चाडपर्व नजिकिए सगै बजारमा कालोबजारी, मिसावट र अस्वभाविक मृल्य बृद्धिका जनगुनासो आउन थालेपछि नगरपालिकाले बजार अनुगमलाई तिब्रता दिदै आएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय