
उर्लाबारी ११ असाेज
माेरङकाे उर्लाबारी नगरपालिका वडा नम्बर-८ मा रहेकाे आम्बारी स्पाेर्टिङ युथ क्लबले असोज २५ गते देखि खुल्ला नकाउट फुटबल प्रतियोगिता गर्ने भएकाे छ ।
धेरै समयपछि स्थानीय सराेकारवाला, संघसंस्था, सहयाेगी दाताहरुबाट रकम संकलनगरी स्थानीय युवाहरुले प्रतियोगिता गर्न लागिएकाे हाे । नेपालीहरुकाे महान पर्व बडादशैकाे अवसर पारेर स्वास्थ्य र मनाेरन्जनलाई ध्यानमा राखि प्रतियोगिता गरिएकाे क्लबले जानकारी दिए ।
प्रतियोगितामा प्रथम र दाेश्राे हुनेलाई क्रमश नगद ३० र २० हजार सहित ट्रफि, मेडल संगै प्रमाणपत्र प्रदान गरिने आयाेजकले जानकारी दिए । खेलमा म्यान अफ दि म्याच, मेन स्टाइकर, हाइ स्काेर, बेष्ट डिफेन्स, बेष्ट गाेलकिपर र म्यान अफ दि सिरिजहरुलाई ट्रफिकाे व्यवस्था रहेकाे समेत जानकारी दिए । ऐतिहासिक बृहत फुटबल खेल मैदान भने उर्लाबारी नगरपालिकाकाे वडा नम्बर ८ र ९ त्यस्तै दमक नगरपालिका वडा नम्बर १० काे सिमानामा पर्छ । यस खेलमैदानलाई विगतदेखि आम्बारी खेल मैदान भनेर प्रख्यात छ । युवाहरूको उपस्थितिमा मैदानकाे झरापात सरसफाई गरिसकेका छन् ।