उर्लाबारी १२ असाेज
शुक्रबार उर्लाबारीमा अवस्थित ड्रिम प्रोजेक्टको रुपमा रहेको प्रार्थना रिट्रेटको ‘ग्राण्ड ओपनिङ्’ भएको छ ।
करोडौँको लगानीमा उर्लाबारी- ३ मंगलबारे (किसान चोक दक्षिण) अवस्थित उक्त रिट्रेट उर्लाबारीका युवाहरुले संचालन गर्दै आएका छन् । ३ विगाह क्षेत्रफलमा फैलिएको उक्त रिट्रिटमा सुविधा सम्पन्न सेमिनार हल, पार्टी प्यालेस, रेष्टुरेण्ड एण्ड बार, लज , बार बि क्यु, फुटसल, भलिबल, बास्केटबल, टेबल टेनस, स्केटिङ्,पेन्ट बल, स्नोकर र क्रिकेट लगायतका खेलको लागी छुट्टाछुट्टै प्लेग्राउण्ड रहेको छ । यस्तै प्रार्थनामा बालबालिकाहरुका लागी छुट्टै बाल मनोरञ्जन कक्ष समेत रहेको छ । यस्तै प्रार्थनाले उर्लाबारीमै पहिलो पल्ट भि आर गेम जोन समेत संचालनमा रहेकाे संचालक रविन गुरुङ्ले जानकारी दिए । यसका अलबा प्रार्थनामा राष्ट्र र राष्ट्रियता झल्किने बास्तुकलाहरुसहित धरहरा, घण्टाघर, लुम्बिनीको मायादेवी मन्दिर, स्वर्गिय विरेन्द्र राजा र राजपरिवारसँग सम्बन्धित ऐतिहासिक धरोहरहरुको मुर्ती स्वरुपहरु समेत अवलोकन र फाेटाे कैद गर्न सकिनेछ ।
गत साउन २२ गते औपचारिक रुपमा उद्घाटन गरिएको उक्त रिट्रेटको शुक्रबार विभिन्न सांगितिक प्रस्तुतीसहित ग्राण्ड ओपनिङ् हुने संचालक गुरुङ्ले जानकारी दिए । उनका अनुसार उक्त रिर्ट्रेटमा राष्ट्रस्तरमै चर्चित गायीका सृष्टि हिङ्माङ सहित पूर्व क्षेत्रकै चर्चीत द डेष्टिनेशन ब्याण्डको प्रस्तुती रहनेछ । मंसिर सम्म हरेक साँझ सांगीतिक साँझ रहने र निःशुल्क प्रवेश रहने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय