उर्लाबारी १७ असाेज
माेरङकाे उर्लाबारी नगरपालिका वडा नम्बर-८ मा असोज २५ गते देखि हुने खुल्ला नकाउट फुटबल प्रतियोगिताकालागी उर्लाबारी-८ आम्बारी हाल मलेसियामा रहेकाे अन्जान लिम्बूले २२ थान जर्सी सहयाेग गरेकाे छ ।
आम्बारी स्पाेर्टिङ युथ क्लबलाई लिम्बूका बुवा बुद्धराज लिम्बूले खेलमैदानमै साे जर्सी हस्तान्तरण गरेको हाे । नेपालीहरुकाे महान पर्व बडादशैकाे अवसर पारेर स्वास्थ्य र मनाेरन्जनलाई ध्यानमा राखि प्रतियोगिता गरिएकाे क्लबले जानकारी दिए । प्रतियोगितामा प्रथम र दाेश्राे हुनेलाई क्रमश नगद ३० र २० हजार सहित ट्रफि, मेडल संगै प्रमाणपत्र प्रदान गरिने आयाेजकले जानकारी दिए । खेलमा म्यान अफ दि म्याच, मेन स्टाइकर, हाइ स्काेर, बेष्ट डिफेन्स, बेष्ट गाेलकिपर र म्यान अफ दि सिरिजहरुलाई ट्रफिकाे व्यवस्था रहेकाे क्लबका अध्यक्ष दिलिप गुप्ताले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय