
उर्लाबारी २३ असाेज
माेरङकाे उर्लाबारी वडा नम्बर ८/९ र दमक १० काे सिमानामा रहेकाे खेल मैदानमा असाेज २५ गतेबाट आम्बारी स्पाेर्टिङ युथ क्लबकाे आयाेजनामा सुरु हुने खुल्ला नकाउट फुटबल प्रतियोगिता सम्पन्न गर्न स्वदेश तथा विदेशबाट सहयाेग जुट्न थालेकाे छ ।
उर्लाबारी-७ निवासि, नेपाल तरुण दल उर्लाबारी नगरपालिकाका कार्यवाहक नगर सभापति बिक्रम चपागाईले ४ पिस करनल झन्डा र २ पिस (पोल नेट) सहयाेग गरे भने उर्लाबारी-८ निवासी हाल हङकङमा कार्यरत कमल लिङ्थेप (लिम्बू) बाट बिभिन्न बिधाहरु हाईस्कोरर, बेस्ट डिफेन्स, बेस्ट किपर, बेस्ट स्टाकर, मेन अफ द सिरिज, बेस्ट मिडफिल लगायतका पुरस्कारको लागि १५ हजार सहयाेग गरेका छन् । त्यस्तै स्थानिय संघसंस्था, सराेकारवाला, समाजसेवी, बुद्धिजीवी, व्यापारी, राजनीतिक दलका प्रतिनिधिहरु लगायतबाट आर्थिक तथा भाैतिक सहयाेग गर्ने वचन दिएकाे क्लबका अध्यक्ष दिलिप गुप्ताले जानकारी दिए ।
“स्वास्थ्यकाे लागि खेलकुद राष्ट्रकाे लागि खेलकुद” मुल नारा र नजिकिदै गरेकाे महान चार्ड दशैंकाे पावन अवसरमा स्थानीय नगरपालिका/गाउँपालिका गरि जम्मा ८ टिमकाे सहभागिता रहेकाे छ भने पहिलाे उद्घाटन खेल दिउसो २ बजेदेखि K.F.C कानेपाेखरी र Gorkha M.F.C. मंगलबारे बिच रहने समेत जानकारी दिए ।