
उर्लाबारी २३ असाेज
माेरङकाे उर्लाबारी वडा नम्बर ८/९ र दमक १० काे सिमानामा रहेकाे खेल मैदानमा असाेज २५ गतेबाट सुरु हुने खुल्ला नकाउट फुटबल प्रतियोगिताको तयारी सम्पन्न भएकाे छ ।
“स्वास्थ्यकाे लागि खेलकुद राष्ट्रकाे लागि खेलकुद” मुल नारा र नजिकिदै गरेकाे महान चार्ड दशैंकाे पावन अवसरमा आम्बारी स्पोटिङ्ग युथ क्लब को आयोजना हुन गई रहेको हाे । खेलमा स्थानीय नगरपालिका/गाउँपालिका गरि जम्मा ८ टिमकाे सहभागिता रहने छ । जसमा K.F.C कानेपाेखरी, Gorkha M.F.C मंगलबारे, B.F.C पथरीशनिश्चरे, सहिद गेट केर्खा, A.S.Y.C आम्बारी आयाेजक टिम, C.F.C गाैरादह, ब्रदर्स युनाइटेड उर्लाबारी र रियल स्टार दमक रहेकाे आयाेजक क्लबका अध्यक्ष दिलिप गुप्ताले जानकारी दिए । पहिलाे उद्घाटन खेल दिउसो २ बजेदेखि K.F.C कानेपाेखरी र Gorkha M.F.C. मंगलबारे बिच रहने समेत जानकारी दिए । खेलकाे फाइनल भने असाेज २ गते हुनेछ ।