
उर्लाबारी २३ असाेज
मोरङको उर्लाबारी-९ मा भुपेन शेर्माको अध्यक्षतामा खोपीडाँडा टोल बिकास संस्था गठन गरिएको छ ।
प्रभात आधारभुत विद्यालयमा भएको स्थानीयको भेलाले शेर्माको अध्यक्षतामा टोल विकास संस्था गठन गरिएको हो । संस्थाको उपाध्यक्षमा सन्तोष सेम्बु, सचिवमा प्रकाश प्याकुरेल, सह-सचिवमा भीमा थापा र कोषाध्यक्षमा मञ्जु थोप्रा चयन भएका छन् । यस्तै, सदस्यहरुमा बीरमाया दर्जी, धनकुमारी श्रेष्ठ, आश बहादुर लिम्बू‘काजी’, मानबहादुर थापा, कृष्ण कुमार तामाङ ‘माल्दाई’, टेकबहादुर लिम्बू, भोजेन्द्र श्रेष्ठ र तेजन खड्का रहेका छन् । उर्लाबारी वडा नम्बर ९ का वडा अध्यक्ष नरबहादुर मोक्तानको प्रमुख आथित्यतामा टोल विकास गठन कार्यक्रममा वडा सदस्य बिमला पोमु, प्रकाश कन्दङ्वा, समाजसेवी सुन्दर श्रेष्ठ, रामबहादुर खड्का, भक्तबहादुर योन्जन, अर्जुन खड्का, झकमणी प्याकुरेल लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सन्चालन सुरेन्द्र शेर्माले गरेका थिए ।
कार्यक्रमका प्रमुख अथिती नरबहादुर मोक्तानले वडा र टोल संस्थाले सहकार्य गर्दै सामाजिक कामका साथै बिकास निर्माणको काममा सहकार्य गर्दै अघि बढ्ने बताउदै टोल संस्थाले गाउँघरको समस्यामा बिकासमा खरो रुपमा उत्रन नव समितिलाई आग्रह गरे । समाजसेवी सुन्दर श्रेष्ठले गाउँ बिकासमा पहिले देखी आफुले सहयोग गर्दै आएको र आगामी दिनमा पनि आफुले सक्दो सहयोग गर्ने बताए । यद्यपि, उनले सहयोग समाग्रीको युटिलाईज भरपुर रुपमा हुनु पर्ने बताए । मैले तपाईहरुको आग्रहमा सडक बत्ति सहयोग गरेको छु, तर कति बत्ति बालेर भन्दा नबालेर बिग्रीएका छन्, उनले भने, एक पोल बराबर ३ हजारका दरले खर्च गरेकाे बताउदै, एक बर्षभित्र बत्ति बिग्रीयो भने वारेन्टी पनि दिएको छ खै बिग्रीएको बत्ति लिन जानुभयो भएन ल्याउने ठाँउ देखाईदिएकै थिए । सहयोग गरे तर सहयोगको सदुपयोग नहुँदा दु:ख लागेकाे सबै सामु व्यक्त गरे ।
वडाले गर्न नसकेको काम सुन्दर श्रेष्ठबाट भएको भन्दै वडा अध्यक्ष मोक्तानले तारिफ गरेका थिए ।