माेरङ २३ असाेज
माेरङकाे उर्लाबारी-७ मा सोमबार मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र कोशी प्रदेश सांसद शोभा चेम्जोङ पालुङ्वाको निजी क्षेत्रीय सचिवालय उद्घाटन भएकाे छ ।
चुनावताका वा घाेषणापत्रमा भएकाे काम भएको छ छैन, स्थानीयकाे गुनासा र आफुहरु टाँढा रहेपनि आफुहरुलाई सल्लाह सुझाव लगायतका कामकुराहरु अनुभुती हाेस भनी सचिवालयकाे स्थापना गरिएको द्वाेयले जानकारी दिए । सीमित स्रोत र साधनको प्रयोगबाट खेल क्षेत्रको विकासका लागि मन्त्रालय गम्भीर रहेको बताउँदै खेलको माध्यमबाट नेपाललाई देशविदेशमा चिनाउने खेलाडीहरुको उचित पारिश्रमिक बृद्धिका लागि आफुले पहल गरिरहेको मन्त्री डिगबहादुर लिम्बूले बताए । उहाँले खेल क्षेत्रको माध्यमबाट नेपालीको इज्जत बढेको भन्दै क्रिकेटबाट हासिल भएको सफलता देशको लागि ठूलो उपलब्धि भएको गाैरव व्यक्त गरे । गठबन्धनको सरकारले सुशासन कायम गर्दै भ्रष्टचारमुक्त बनाउन लागि परेको बताए । देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको र हाल सुधारको क्रममा रहेको बताउँदै सोच अनुसारका धेरै काम गर्न नसकेको उपस्थित जनमाझ बताए । निर्वाचन ताका गरेका प्रतिवद्धताहरु प्राथमिकताका आधारमा अघि बढाउँदै लैजाने द्वाेयले प्रतिद्धता जाहेर गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय