माेरङ २४ असाेज
माेरङकाे उर्लाबारी ट्राफिक प्रहरी पाेष्ट अगाडि खुल्ला रुपमा नागरिकलाई सचेत, बढ्दाे चाेरी, लागुपदार्थ र दुर्घटना न्युनिकरण गर्न यात्रु सहायता कक्षा उद्घाटन गरिएकाे छ ।
चार्डवार्ड नजिकिँदै गर्दा नगरमा विभिन्न अराजक गतिविधि हुने सम्भावना र साे गतिविधि राेक वा तत्काल समाधान गर्न सकिन्छ भन्ने हेतुले कक्षा संचालन गरिएकाे हाे । विगतदेखि नै उर्लाबारी नगरमा चाेरी, लागुपदार्थ प्रयाेगकर्ता, हाेटलमा याैनधन्दा, जुवातास लगायतका कार्यहरू केही समयकालागि सुस्ताए जस्ताे तर न्युनिकरण भने हुन नसकिरहेको अवस्था यथावत नै रहेकाे छ । अघिल्लो वर्ष प्रहरी फाेर्स र म्यादी प्रहरी तैनाथ हुदासमेत छैठ पर्वकै दिन एक बालक ग्याङ फाइटमा परि ज्यान गुमाउनु परेकाे थियाे । चार्डवार्ड नजिकिँदै गर्दा बढिमात्रामा चाेरी, दुले चाेर बढ्दाे क्रममा सक्रिय भएकाे ज्वलन्त छ । जब चार्डपर्व नजिकिन्छ तब सम्बन्धित निकायकाे चासाे बढ्छ तर समस्या जस्ताकाे त्यस्तै । चार्डपर्वमा मात्रै चासाे हैन अन्यबेला पनि सम्बन्धित निकायहरुले चासाे दिन आवस्यक रहेकाे एक नगरवासि बताउछन् । चार्डपर्व नजिकिँदै गर्दा ट्राफिक चेक कडा गरिन्छ, राजस्व बढिमात्रामा संकलन गरिन्छ तर त्याे संकलन भएकाे राजस्वबाट काम भएकाे देखिदैन जहिलै बाेर्डहरु हेरछाै अरुलेनै साैजन्य गरेकाे देखिन्छ, कमसेकम चेतनामूलक कार्यक्रम ल्याएर सचेत गराउदा केही हदसम्म न्युनिकरण हुने एक व्यक्ति बताउछन् । हाल सिटि सफारी र ट्यम्फु चालककाे गुनासाे चुलिदै गइरहेकाे अवस्था छ । सिटि सफारी र ट्यम्फुकाे पनि समूह वा संघ छ यसमा आबद्ध भएकाहरूले सहज रुपमा चलाइरहेका छन भने नयाँ चालकहरू भने डराउदै हिड्नु परेकाे एक सफारी चालक बताउछन् उनी भन्छन् एक जिल्लाबाट अर्कोतिर जाँद वा फर्किनेबेलामा ट्राफिकले रसिद काट्ने गरेकाे छ, ट्राफिकलाई संघले हप्ता वा मासिक रुपमा रकम बुझाएकाहरुलाई सहज छ हामी नयाँहरुलाई जहाँभेट्याे त्यहि रसिद काट्ने, दु:खदिने गरेकाे बताए । उनि फेरि सम्बन्धित निकायलाई प्रश्न गर्छन् कडा रुपमा वा बाटाेबाटाेमा ट्राफिक चेक हुन्छ के ट्राफिक चेक गर्दा मात्रै दुर्घटना न्युनिकरण हुन्छ र ?
सहायता कक्षा उद्घाटन गरिरहदा साे कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख देवेन्द्र दास भन्छन् हाम्रो टिम यहाँहरुकाे साथमा जहिल्यै रहनेछ र यहाँहरुले पनि हामीलाई भरपुर साथ र सहयाेग गर्न आवस्यक छ, कार्यालय सम्हाल्दै गर्दा आफुले सकेकाे र सक्नेगरी आफ्नाे काम प्रति बफादार भएर लाग्ने सल्लाह, सुझावकाे अपेक्षा रहेकाे बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय