उर्लाबारी २४ असोज
मोरङको रतुवामाई नगरपालिका वडा नम्बर-२ मा रतुवामई युनाइटेड फुटबल क्लबले असोज १ गते देखि वडा स्तरीय फुटबल प्रतियोगिता गर्ने भएको छ ।
प्रथम पटक पन्चतिलक स्मृति कप, देवान परिवारको करिब ८ लाख बराबरको रकममा प्रतियोगिता गर्न लागिएकाे पत्रकार सम्मेलन गरि जनाकारी गराएकाे हाे । नेपालीहरुको महान पर्व बडादशैको अवसर पारेर स्वास्थ्य र मनोरन्जनलाई ध्यानमा राखि प्रतियोगिता गरिएको क्लबले जानकारी दिए ।
प्रतियोगितामा प्रथम र दोश्रो हुनेलाई क्रमश नगद ५० र ३० हजार नगद सहित ट्रफि, मेडल संगै प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिए । खेलमा नगद सहित म्यान अफ दि म्याच, मेन स्टाइकर, हाइ स्कोर, बेष्ट डिफेन्स, बेष्ट गोलकिपर, अनुसासित टिम र म्यान अफ दि सिरिजहरुलाई ट्रफिको व्यवस्था रहेको समेत जानकारी दिए । प्रतियोगिता भने कार्तिक ६ गते फाइनल हुने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय