
उर्लाबारी २८ असोज
भुसन सुब्बाको एक गोलले ब्रदस युनाइटेड उर्लाबारी मोरङको उर्लाबारीस्थित आम्बारीमा जारी खुल्ला नकाउट फुलबल प्रतियोगितामा ब्रदस युनाइटेड उर्लाबारी विजयी भएको छ ।
आइतबार भएको फुटबल खेलमा रियल स्टार फुटबल क्लबलाई १-० गोल अन्तरले पछि पार्दै
ब्रदस युनाइटेड उर्लाबारी जित हाँसिल गरेको हो । खेलको १० मिनेटमा भुसन सुब्बाले गरेको गोल नै जितमा बदलियो । खेलको म्यान अफ द म्याच ब्रदर युनाइटेड उर्लाबारीका गोल कर्ता भुसन सुब्बा घोषित भए ।
भोलि सोमबार पहिलो सेमिफाइनल खेल आयोजक आम्बारी स्पोटिङ क्लब र गोर्खा एमएफसि मंगलबारे बिच हुने आयोजक टिमका उपाध्यक्ष सन्तोस लुङ्फुङवाले जानकारी दिए ।