
उर्लाबारी २९ असोज
मोरङको उर्लाबारीस्थित आम्बारीमा जारी खुल्ला नकाउट फुलबल प्रतियोगिताको उपाधि नजिक गोर्खा एमएफसि मंगलबारे पुगेको छ ।
आयोजक आम्बारी स्पोटिङ क्लबलाई १-० गोल अन्तरले हराउदै गोर्खा एमएफसि मंगलबारे खेलको फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफको २४ मिनेटमा वान भर्सेस वानमा गोर्खा एमएफसि मंगलबारे खेलाडी दोर्जे तामाङले गरेको एक गोल नै जितको लागि निर्णायक बन्यो ।
खेलको म्यान अफ द म्याच गोर्खा एमएफसि मंगलबारेका गोलकर्ता रोनि लामा घोषित भए । भोलि मङलबारको अन्तिम सेमिफाइनल खेल बिआरसि पथरी र ब्रदर्स युनाईटेट उर्लाबारीबिच हुने आयोजक टिमका अध्यक्ष दिलिप गुप्ताले जानकारी दिए ।