उर्लाबारी ५ कार्तिक
विपन्न तथा असहायहरुलाई बडा दशैंको फूलपातिको अवसर पारेर एक कार्यक्रमका बीच खाद्य सामग्री प्रदान गरिएको छ ।
अमेरिका बस्दै आएका केहि मनकारी व्यक्तित्वहरुको सहयोग तथा युवा मन नेपाल अनलाइन टिभीको संयोजनमा दशैको कोसेली स्वरुप चामल, नुन, तेल, मासु लगायत खाद्य सामग्री हस्तान्तरण गरिएको हो । उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेल र उपमेयर मीना खतिवडा पौडेलद्वारा सामग्रीहरु वितरण गरिएको थियो । यसै कार्यक्रममा अमेरिका बसोबास मातृभुमिको सामाजिक काममा समर्पित हेम थापा दम्पति र नमुना बाल गृह उर्लाबारीकी संचालिका मीना बराललाई सम्मान समेत गरिएको थियो । काम गर्न नसक्ने अशक्त वृद्ध, विपन्नलाई दशैंको बेला राहत उपलब्ध गराएर उल्लेख्नीय कार्य गरेको भन्दै युवा मन नेपालका संचालक किशोर श्रेष्ठप्रति नगर प्रमुख गंगाप्रसाद खरेलले कृतज्ञता व्यक्त गरेका थिए । खाद्य सामग्री वितरण कार्यक्रममा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक देबेन्द्र दास, उर्लाबारी नपा-५ नम्बर वडा सदस्य देवीकला राई, समाजसेवी राजेन्द्र कार्की, रुद्रबहादुर तामाङलगायतको आतिथ्यता रहेको थियो ।
उर्लाबारी-६ निवासी श्रेष्ठले हरेक वर्ष दशैँको अवसरमा दाताहरुसमक्ष सहजीकरण गरेर विपन्नहरुलाई खाद्य सामाग्री जुटाउदै आएका छन् । यसका अलवा श्रेष्ठले विदेशी भुमीमा फसेका नेपालीहरुको उद्वार गरी स्वोदेश फर्काउने अभियान समेत संचालन गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय