सनम रोक्का
कानेपोखरी ०६ कार्तिक
धिमाल जातीय विकास केन्द्र, कानेपोखरी मोरङ समितिले नजिकिदैँ गरेका चाडपर्व विशेष शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
आइतबार शक्ति महाराज ग्रामथान कालिकोशी स्थितको भवनमा धिमाल समुदायको उपस्थितिसँगै दशैं, तिहार, छठ, नेपाल संम्वत लगायतका चाडपर्वहरुको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको प्रमुख अतिथी धिमाल जातिय विकास केन्द्र केन्द्रिय वरिष्ठ उपाध्यक्ष केदार धिमालले कार्यक्रमको सम्बोधन गर्दै धिमाल जातिहरु अझैपनि आवश्यक चेतनाबाट बन्चित रहेको बताए । उनले भने, हाम्रो समुदायको मानिसहरु धेरै अवसरहरुबाट विमुख रहेका छन । अवसरहरु आउँछन तर जानकारी हुँदैन । त्यसैले अवसरहरु आफैंले खोजी गरि सदुपयोग गर्नलाई यस समुदायको चेतना स्तर वृद्धि गर्न जरुरी छु ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्ने अन्य वक्ताहरु धिमाल जातीय विकास केन्द्र केन्द्रीय उपाध्यक्ष कविराज धिमाल, सदस्य रत्निमाया धिमाल, केन्द्रीय सदस्य एवं महिला तथा बालबालिका विभागिय प्रमुख पम्फा धिमाल, आदिवासी जनजाती महासंघ कानेपोखरी अध्यक्ष भोजविर माझी, थारु कल्याणकारी सभा कानेपोखरी अध्यक्ष विद्यान्नद चौधरी, तामाङ घेदुङ कानेपोखरी अध्यक्ष टेकबहादुर तामाङ लगायतले हाम्रा चाडपर्वहरु जाती विशेष भएपनि सबै समुदायका मानिसहरुले एकअर्काको चाडपर्वहरुलाई सम्मान गर्नुपर्ने बताए । बहुभाषि, बहुसंस्कृती, बहुजाती देश भएकाले हामीले एकअर्काको परम्परा, रितिरिवाज, संस्कृती, चालचलन, रहनसहनलाई सम्मान गर्दै अघि बढे मात्र देश शान्ति, समृद्धि र विकासतर्फ उन्मुख हुने लगायत कुराहरु व्यक्त गर्दै सम्पूर्ण नेपालीहरुमा दशैं, तिहार लगायतका पर्वहरुको शुभकामना दिए ।
कार्यक्रमको सभाअध्यक्ष एवं धिमाल जातीय विकास केन्द्र कानेपोखरी अध्यक्ष प्रकाश धिमालले कानेपोखरीका धिमाल समुदायलाई एकजुट गर्ने प्रयास लामो समयदेखि गरेपनि सफलता अझै हासिल गर्न नसकेको बताए । धिमाल समुदायलाई विभिन्न उद्यमशील तालिमहरु प्रदान गर्दै आएपनि सिपलाई सदुपयोग नगरेको गुनासो व्यक्त गरे । उनले भने, हालसम्म मैले कानेपोखरीमा ७६ भन्दा बढि धिमालसँग सम्बन्धित कार्यक्रम गरे तर पालिकाले कुनै सहयोग गरेको छैन तर मैले मेरो व्यक्तिगत रुपमा यो समुदायको स्तरोन्नति गर्ने प्रयास गरिरहेको छुु ।
कार्यक्रमको संचालन आयोजक समितिका सचिव अनिल धिमालले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय