उर्लाबारी ४ मंसिर
झापाको दमक-१० नलवारी त्रिवेणी टोल उर्लाबारीको चिउरा मिल सडक खण्ड (झापा र माेरङकाे सिमाना) स्थित आज ५:३० बजे बाइक र साइकल ठोकिदा २ जना घाइते भएको छ । दुबै घाइते दमक १० नलबारीकै हुन । साइकल बनाएर दक्षीण तर्फदेखि उत्तर पूर्व घर जाँदैगरेका एउटै साइकलमा दुईजना सवार सोममाया राई र हिमा तुम्बहाम्फे रहेका थिए भने मे २ प ८२७२ नम्बर मोटरसाइकल उत्तर तर्फ देखि दक्षिण जाँदै गर्दा एक आपसमा ठोकिदा दुर्घटना हुन गएको हो ।
मोटरसाइकलमा कतिजना थिए भन्ने कसैले देख्न वा पहिचान हुन सकेन ठक्कर दिएर फरार रहेका छन । तत्काल स्थानियले घाइते द्वयलाई उर्लाबारी स्थित अरनिको अस्पतालमा उपचारकालागि लगी इलाका प्रहरी कार्यालय उर्लाबारी लाई खबर गरेका थिए । घटना स्थलमा फोन गरेको पाँच मिनेटमै आइपुगी सोदखोजगरी मोटरसाइकल र साइकल नियन्त्रणमा लिएका थिए ।
इलाका प्रहरी कार्यालय उर्लाबारीको जानकार अनुसार सोममायाको बायाँ हात भाचिएको र हिमा तुम्बाहम्फेको दायाँ खुट्टा भाचिएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय