विजय धिमाल
उर्लाबारी ४ मंसिर
हामी वनभोज वा रमाइलो गर्न अन्यठाउँ जाने गर्छौं नयाँ ठाउँ जानू राम्रै हो तर आफ्नो ठाउँलाई पनि प्राथमिकता दिन आवस्यक छ तर सर्वप्रथम हामीले हाम्रो नगर, वडा भित्र के कस्ता ठाउँ र वस्तुहरु छन ख्याल गरेको हुन्नौ यदि हामीले ख्याल गरि त्यस ठाउँ र वस्तुको मुल्यांकन गर्नसके हाम्रै नगर वा वडालाई आर्थिक उपार्जनमा ठुलो सहयोग पुग्छ यतिमात्र नभएर त्यस क्षेत्रमा व्यापार गरि जिविकोपार्जनमा सहयोग हुन जान्छ । त्यस्तै उर्लाबारी नगरपालिका सिमसारको शहर भन्दा दुईमत नहोला । खोज्दै जाँदा धेरै सिमसार भेट्न सकिएला तर हाल जतिपनि सिमसार छन् हाल सम्मकै रमणीय र उत्कृष्ट मानिन्छ बेतिनि सिमसार । यस पालि बेतिनी सिमसार नै रोजौँ कस्तो हुदो रहेछ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङ जिल्ला भित्र रहेको उर्लाबारी नगरपालिका वडा नम्बर-३ पुरानो मंगलबारे चौकबाट करिब २ किलोमिटर उत्तर लागेपछि चारकोसे जङ्गलभित्र पर्छ बेतिनी सिमसार । बेतिनी सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गर्दै आएको उक्त सिमसारमा उर्लाबारी नगरपालिका, प्रदेश सरकार र संघीय सरकारबाट संरक्षण, सम्वर्धन र विकासमा सहयोग हुँदै आएको छ । यो सिमसार आन्तरिक पर्यटकका अलवा वनभोजका लागि उपयुक्त स्थल बनेकोछ । वनभोजका लागि टहरा निर्माण, सौचालय, छाप्ने अर्गानिक सेकुवा घर राेजेर खान पाउने, बिजुली तथा खानेपानीलगायतको उचित ब्यवस्थापन गरिएको समूहका अध्यक्ष भीम राईले जानकारी दिए ।
यहाँ दैनिक पाँच सयको संख्यामा यस नगर बाहिर र आन्तरिक पर्यटकहरु आउने गरेको राई बताउछन् । यतिमात्र नभए बाल उद्यान, कृत्रिम पाटे बाघ, बोटिङ, कृत्रिम पोखरी, फोटो सेसन स्थल, सिमसारको छेउमै सोल्टि खोला, कृतिम माटाको भिउ टावर यहाँका आकर्षण हुन् । सिमसारमा जलयात्राको मज्जा लिन पुग्नेको संख्या दैनिक बढ्दो छ ।
५८ हेक्टर क्षेत्रफलमा फैलिएको यस सिमसारमा बिदाको समयमा सिमसार घुम्न आउनेको संख्या अत्यधिक हुनेगर्दछ । सिमसार क्षेत्रमा तारजाली, चौतारा, सडक ग्राभेललगायत कार्य गरिएको समूहका कोषाध्यक्ष तथा चोरी शिकारी नियन्त्रण मोरङ अध्यक्ष अर्जुन बास्तोलाले जानकारी दिए । थप्दै सिमसारलाई व्यवस्थित बनाउन प्रवेश शुल्क प्रतिव्यक्ति रु १० रुपैयाँ, सिमसार क्षेत्रमा बेत, सर्पगन्धा, हर्रो, अमला, लहरे, टिम्बुर, सुनाखरीजस्ता वनस्पति तथा मैना, लुइँचे, धनेश, बट्टाईं, हाँडीफोर, बकुल्लालगायत चराचुरुङ्गी पाइन्छन् । उक्त स्थान आसपासमा हरिण, चितुवा, बँदेल, दुम्सी, सालक, वन बिरालो, गोहोरो, अजिङ्गरलगायत जीवजन्तु पाइने जानकारी दिए ।