विजय धिमाल

उर्लाबारी ९ पुस
मोरङको उर्लाबारी आम्बारी स्थित प्रत्येक वर्ष मनाउदै आएको लिम्बू समुदायको मुख्य पर्व चासोक तङ्नामको तयारी पूरा भएको छ ।
पुस १० देखि १४ गते पाँच दिन सम्म चासोक पर्व मनाउने भएको हो । स्थानीय जातीय झाँकी, सम्मान, बृहत् साँस्कृतिक कार्यक्रम, विभिन्न खेलतमासा, रोटेपिङ, बालबालिकाका लागि मनोरंजन, राष्ट्रिय कलाकार
डम्बर नेपाली, दिपक लिम्बू, रुक्साना लिम्बू, कुशल थलङ, रोशन पंधाक, दिपा सुहांङ र शिव सम्बाहम्फे तथा स्थानीय कलाकारहरु रहने किरात याक्थुम चुम्लुङ उर्लाबारीका अध्यक्ष बानु सुब्बा बताउछिन् । साथमा अन्तरा ब्यान्डले मनोरन्जन दिने नगर समितिका उपाध्यक्ष अमर सेलिङले जानकारी दिए ।
यस पटक महोत्सव झै आयोजना गरिने किरात याक्थुम चुम्लुङ उर्लाबारी नगरका अध्यक्ष बानु सुब्बाले बताइन् । धान पाक्न थालेसँगै थक्याउने समयभरि यो चाड मनाइन्छ । सारमा, बाली उब्जाइदिने प्रकृति(जल, जमिन, वायु, अग्नि सूर्य लाई विशेषले पुजिन्छ । चासोक तङ्नाम अन्नप्रति सम्मान व्यक्त गर्ने परम्परा पनि हो । लिम्बू जातिले अन्नलाई एक प्रकारले माङ् ९देवता०नै मान्दै आएका छन । चासोक तङ्नाम पैँयु फुल्नुका साथै माछा, चरा दक्षिणतिर लागेको उधौली याम दक्षिणायण को न्वागी पर्व चासोक तङ्नाम पर्वका रुपमा मानउने गर्दछन् । लिम्बू भाषामा ‘चासोक’को अर्थ नया पाकेको शुद्ध अन्न पवित्र मनले पुजेर तागेरानिङ्वाभुमाङ ९प्रकृतिदेवी० लाई अर्पण गर्नु भन्ने हुन्छ । तागेरानिङ्वाभुमाङ जल, जमिन, वायु, अग्नि वा सूर्यका जन्मदाता मानिन्छ । ‘तङ्नाम’ले पर्व चार्ड अर्थात् उत्सव जनाउँछ ।
लिम्बू मुन्धुम शास्त्र अनुसार आदिम लिम्बू पुर्खा सावा येत्हाङले काँचो कन्दमूल खोजी खाने गर्दथे । यसबाट उन्मुक्ति पाउन पुर्खाले तपस्या गर्नुभयो । यसको सुनुवाइ गर्दै तागेरानिङ्वाभुमाङले मानिसलाई आगोसहित पारामा ९कोदो जातको पाङ्दुर०, क्यावो ९फापर०, फामु ९कागुनी० लगायत बिज दिएको लिम्बू शास्त्रमा उल्लेख गरिएको छ । प्राप्त बिज सावा येत्हाङका चेली सिबेरा याक्थुङमा ९लिम्बू महिला०ले संरक्षण गरेर कृषि युगको सुरुआत गरिएको इतिहास छ । यसपछि मानिसले स्वास्थ्यवर्दधक खाद्यान्न पाउन थाले । यसपछि प्रकृति सहित खाद्यान्नको बीउ दिने ‘तागरेनिङ्वाभुमाङ’लाई सधन्यवाद आफूले नखाई चोखो अन्न अर्पण गर्न थलियो भन्ने छ । यसैको निरन्तरता ‘चासोक तङ्नाम’ अहिले पनि कायम रहेको लिम्बू समुदायमा रहिआएको इतिहास छ ।
फेदाङ्माले तागेर निङ्वाभुमाङलाई पुकार्दै नयाँ अन्न खान पाउने अनुमतिको माग गर्छन् । खाँदा, रोगव्याध नलागोस्, स्वस्थ जीवन जिउन पाइयोस् भन्ने कामना पनि गरिन्छ । फेरि पनि धेरै अन्न फलाउनमा सहयोगको याचनासमेत गरिन्छ । यसरी आफूहरूको पहिचानसहितको सभ्यता बोक्ने चासोक तङ्नाम लिम्बू जातिले आफ्नो मौलिकताको मुख्य चाड लिने गर्दछ । ‘चासोक तङ्नाम’ विभिन्न धार्मिक, ऐतिहासिक, सांस्कृतिकस्थलमा आयोजना गरिन्छ ।
प्रकृतिपूजक पूर्वका बहुल लिम्बू जातिको प्रकृति नै पुज्ने संस्कृति हो–चासोक तङ्नाम । यो समय लिम्बू बस्ती चासोक तङ्नाममय भव्य तरिकाले मनाइन्छ । नेपालमा मात्रै नभएर नेपाल बाहिर हङकङ लगायत देशहरूमा मनाउदै आएको पाइन्छ । विशेष गरी राई, लिम्वू, सुनुवार र याक्खा जातिले मंसीर पूर्णिमाका दिनमा नया अन्न आफ्ना दिवंगत पुर्खा र आ–आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पूजा गर्ने चलन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय