उर्लाबारी ९ पुष
मोरङको उर्लाबारी-२ मंगलबारे स्थित ओमेगा मंडलीले आज पर्नगएको जन्मजयन्तीमा ख्रीष्मस तथा नयाँ वर्ष २०२४ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरि मनाएको छ ।
कार्यक्रमको प्रमुख अतिथि उर्लाबारी नगरपालिका वडा नम्बर-२ का वडा अध्यक्ष राजन कुमार कडेलबाट केक काटेर औपचारिक उद्घाटन गरेका थिए । हाम्रो वडाले सबै धर्म, समुदाय, संस्कार, संस्कृतिलाई भेदभाव नगरी सकेको आर्थिक तथा भौतिक सहयोगरेको र हालको वर्ष यश ओमेगालाई चर्चको घेराबारा गर्न रकम छट्याएको जानकारी समेत वडा अध्यक्षले जानकारी दिए । विशेष अतिथि उर्लाबारी नगरपालिका वडा नम्बर-३ का वडा अध्यक्ष तथा नगर प्रवक्ता भीष्म बुढाथोकी । हामी अरुकालाई वा हरेक धर्म पनि आफ्नै सम्झेर एक आपसमा सद्भाव, सहिष्णुता लगायत कायमगरि अघिबढ्न आवस्यक रहेको बताए । बेतिनि सामुदायिक वनका अध्यक्ष भिम राई, प्रथ्राना रिट्रेटका संचालक रविन गरुङ लगायत अतिथिहरुमा राजनैतिक दलका प्रतिनिधिहरुको रहेका थिए । कार्यक्रम भने पाष्टर माेहन राईकाे अध्यक्षता कार्यक्रम सम्पन्न भएकाे थियाे ।