उर्लाबारी ५ माघ
मोरङको उर्लाबारी स्थित अरनिको हस्पिटल प्रालि. ले आइसियु सेवा सुरु गरेको छ ।

मोरङ जिल्ला विराटनगर बाहिर पहिलो पटक यसले हस्पिटलले आइसियु सेवा सञ्चालनमा ल्याएको हो ।
भेन्टिलेटरसहितको ६ बेडको आइसियु सेवा सुरु भएको बरिष्ठ विशेषज्ञ डाक्टर सन्दिप अधिकारीले जानकारी दिए । एक करोडभन्दा बढी रकम खर्च गरेर हस्पिटलले आइसियु सञ्चालन ल्याएको उनले बताए । एकपछि अर्को सुविधा विस्तार गर्दै अघि बढिरहने क्रममा हस्पिटलले यश वर्ष देखि आइसियु सेवा विस्तार गरेको हस्पिटलका अध्यक्ष लोलिम पोमु लिम्बुले जानकारी दिए । हस्पिटलमा आइसियु सेवा सञ्चालन भएपछि यस क्षेत्रका सेवाग्राही लाभा लिनसक्ने डा. सत्यनारायण भगत बताउछन् ।
यस हस्पिटलमा हाडजोर्नी तथा नशा रोग, फिजिसियन, बाल रोग, स्त्री तथा प्रसुती रोग, छाला तथा यौन रोग, नाक, कान, घाँटीका रोग लगायतका विशेषज्ञ चिकित्सकको सेवा हुदै आएको डाक्टर उज्जल कार्कीले जानकारी दिए । यस हस्पिटलले सामाजिक उत्तरदायित्व कार्यअन्तर्गत भूकम्प, कोरोनालगायत महामारीमा स्वास्थ्य शिविरको साथै आर्थिक सहयोग, विभिन्न संघसंस्थाको साझेदारीमा स्वास्थ्य शिविर, उर्लाबारी नगरपालिका र विपी कोइराला क्यान्सर अस्पताल चितवनको सहकार्यमा क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरलगायतका कार्यहरु गर्दै आएको प्रष्टछ । यति मात्रै नभएर हस्पिटलले विपन्न वर्गका बिरामीहरुको निःशुल्क उपचार, जेष्ठ नागरिकको उपचारमा ५० प्रतिशत छुट प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय