माेरङ ५ माघ

मोरङको पथरीशनिश्चरे नगरपालिका स्थित माघ ६ देखि १५ गतेम्म ‘पथरीशनिश्चरे नगर खेलकुद महोत्सव-२०८०’ हुने भएको छ ।
नगर खेलकुद विकास समिति पथरीशनिश्चरेको आयोजनामा खेलकुद महोत्सव पहिलो पटक हुनलागेको हो । महोत्सवमा फुटबल ९पुरुष, महिला०, भलिबल, क्रिकेट, बुद्धिचाल ९चेस०, कराँते, तेक्वान्दो र मिनि म्याराथुन प्रतियोगिता हुने नगर खेलकुद विकास समिति पथरीशनिश्चरेको अध्यक्ष दीपक राईले जानकारी दिए ।
खेलकुदको लागि तयारी अन्तिम चरणमा पुगेको र प्रचार प्रशारको लागि पथरी बजारको पूर्बी, पश्चिम र जाँते मोडमा तीन वटा गेट निर्माण भएर सबै क्षेत्रका अगुवाहरु क्रियाशिल रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय