मोरङको उर्लाबारी वडा नम्बर-१ चारघरेमा हिँउ चितुवा फेला परेको छ ।
स्थानीयकाे भनाइ अनुसार खेतबारीकाे ताेरीबारीमा भेटिएपछि स्थानियले करिब दुई घण्टा सम्म लखेटेर साेहि ठाउँको बाँस झ्याङमा हिउँ चितुवा रहेकाे थियाे । कहाँबाट आएको हो भन्ने बारेमा एकिन नभएको जनाइएको छ ।
हिँउ चितुवा देखेपछि स्थानीयबासीहरु विहानैदेखि हेर्नको भिड लागेको थियो । विहान ९ बजेदेखि स्थानीयले हिँउ चितुवा देखेका थिए । स्थानीय तथा जनप्रतिनिधिहरुले सव वन डिभिजन कार्यालय मंगलबारेमा जानकारी गराएको थियो ।
त्यसपछि कोशी टप्पु बन्यजन्तु आंरक्षण केन्द्रबाट आएको टोलीले बेहोस बनाउने औषधिको सहायताले नियन्त्रणमा लिई उद्धार गरेको सव वन डिभिजन कार्यालय मंगलबारेका प्रमुख एकराज दाहालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय