उर्लाबारी १४ माघ
मोरङको उर्लाबारी-३ मंगलबारेमा अवस्थित मदन भण्डारी स्मृति प्रतिष्ठान मंगलबारे युवा क्लवको अगुवाईमा सयौँको संख्यामा सहभागी स्थानियहरुले शुक्रबार प्रतिष्ठानको मूख्य कार्यालयको पूर्वपट्टीको क्षेत्र९खेलमैदान भएको  क्षेत्र, हाल वाल लगाइएको०मा ताला लगाएको छ ।
प्रतिष्ठानले विश्वविद्यालय र अस्पताल निर्माण गर्ने योजनाका साथ  नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालयसँग सम्झौता गरेको जमिनमा हालसम्म पनि कुनै संरचना नबनाईएको जनाउदै तालाबन्दी गरिएको क्लवका अध्यक्ष पिपल राज गिरीले जानकारी दिए । यस्तै उनले विश्वविद्यालय र अस्पताल निर्माण नगरी प्रतिष्ठानले वाल लगाएर सुरक्षित गरेको क्षेत्रमा तरकारीबाली लगाई खेती गरेर खेलमैदानको दुरुप्रयोग गरेको उद्रित गर्दै सो खेलमैदान स्थानियलाई खेल्नको लागी दिनुपर्ने बताए ।
‘पटक पटक प्रतिष्ठानको ध्यानाकर्षण गरेपनि कुनै सुनुवाई नहुने देखिएपछि हामीले दवावस्वरुप तालाबन्दी गरेका हौँ ।’ स्थानिय विजय माझी बताउछन्,” खेलमैदान नहुदा हाम्रा नानीबाबुहरु दुर्व्यसनीमा फस्ने डर भयो।’ स्थानिय सोमप्रसाद तिमिल्सीना (राम) ले प्रतिष्ठानले स्थानियलाई अस्पताल बनाउने भनेर झुक्याएर कब्जा गरेको जग्गामा अहिलेसम्म कुनै संरचना नबनेको बताउदै उनले स्थानिय युवाहरु लागुऔषध दुर्व्यसनीमा फस्ने क्रम बढेको बताउदै खेलमैदान भएमा विभिन्न खेल अभ्यास गर्नाले युवाहरु दुर्व्यसनीमा नफस्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय