
दमक १७ माघ
झापाको दमक नगरपालिका वडा नम्बर १० स्थित रहेको नलबारी र स्यानो बारघरे धिमाल ग्रामथानलाई सांसद विकास कोषबाट २५ लाख रमक निकासा भएको छ ।
प्रदेश नम्बर १ का समानुपातिक सांसद नम्बरलाल धिमाल संगै नगरको प्राविधिक टोली सहित सो दुई धिमाल ग्रामथान अवलोकन गरिको हो । थान एरिया भित्र हुनुपर्ने अत्यावश्यक भौतिक संरचन नभएको हुनाले नलबारी धिमाल ग्रामथानलाई बिस लाखमा जाग्राम घर, पुरुषरमहिला शौचालय र केही सना तिनवटा थान निर्माण गरिदिने भएको छ । त्यसतै माव खोला पारि वा नलबारी ग्रामथानकै पूर्व रहेको सानो बाह्रघरे धिमाल ग्राथानलाई मर्मत सम्भारकालागी पाँच लाख रकम छुट्टाएको बताउछन् सांसद नम्बरलाल धिमाल ।
हामीले भोट दिएर जिताएको सांसदले यस बिकट ठाउँमा रहेको हाम्रो धिमाल ग्राथानलाई यतिको रकम सहयोग गर्नुभएकोमा अत्यन्तै खुसि व्यक्त गरे । उनिमात्रै खुसि नभएर नलबारी धिमाल गाउँटोल समिति भित्र रहेका करिव २ सय ५० घरनै खुसि रहेको उनले बताए ।