इलाम १९ माघ
इलामको चुलाचुलीस्थित पर्यटन क्षेत्र ऐना पोखरी श्रम सांस्कृतिक पार्क स्थित पार्कका समितिले खुल्ला मैदानमा महोत्सव आयोजना गर्ने भएको छ ।
यही पुस १ देखि ७ गते सम्म महोत्सव आयोजना गर्ने भएको हो । समितिले बिहिवार पत्रकार सम्मेलन गरि महोत्सवको तयारी भई रहेको जानकारी दिएको छ । हाल सहजताकालागी बाटो सम्माउने, स्टल निर्माण लगायतका काम भइरहेको अध्यक्ष कैलाश थुलुङ्गले जानकारी दिए । महोत्सवमा ५० वटा स्टल निर्माण भइरहेको जनकारी दिए । स्थानीय पर्यटन प्रबर्द्धन, विकास, स्थानीय घरेलु खाद्य, स्थानीय स्रोतको प्रदर्शन, घरेलु सामग्री, स्थानीय विभिन्न जातजातीको झाकी प्रदर्शन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको सहभागी रहने विज्ञप्तिमा उल्लेख रहेको छ ।
महोत्सवको अनुमानित लागत ४० लाख खर्च हुने ५० हजार दर्शक भित्राई ५० लाख आम्दानीगरि सो आम्दानीबाट १० लाख बचतगरि पार्ककै विकासकालागि खर्च गर्ने थुलुङ्गले जानकारी दिए ।