दमक १९ माघ
झापाको दमक स्थित दमक उधोग वाणिज्य संघले दमक महोत्सव २०८० दमक ७ स्थित सयपत्री टोलको आधारभूत स्वास्थ्य केन्द्र रहेको क्षेत्रमा खुल्ला मैदानमा दमक महोत्सव आयोजना गर्ने भएको छ ।
दमक उधोग वाणिज्य संघले यही माघ २८ गते देखि फागुन १२ गते सम्म दमक महोत्सव आयोजना गर्ने भएको हो । दमक उधोग वाणिज्य संघले आज पत्रकार सम्मेलन गरि महोत्सवको तयारी भई रहेको जानकारी दिएको छ । हाल मैदान सम्माउने, स्टल निर्माण लगायतका काम भइरहेको अध्यक्ष गोपाल गुरागाईले जानकारी दिए । महोत्सवमा १ सय ३५ वटा अटाउने स्टल निर्माण भइरहेको वाणिज्य संघले जनाएको छ । यस वर्ष पनि पाँचौं दमक महोत्सवमा प्रदेश स्तरीय औधोगिक ब्यापार, पर्यटन एवम् कृषि महोत्सव लगाइने वाणिज्य संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय