उर्लाबारी २१ माघ
मोरङकाे उर्लावारी नपागरपालिका वडा नम्बर ७ काे शाखा मावा पुल स्थित पुर्व पश्चिम राजमार्ग स्थित दमक बाट उर्लावारी तर्फ आउदै गरेको माेटर साइकल एक आपसमा ठाेकिदा दुर्घटना भएको छ ।
दुर्घटनामा ११ प ४८६८ नम्बर को मोटरसाइकल र सोही दिशा बाट आउँदै गरेको ३३ प ६२४६ नम्बरको माेटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा पुलको पूर्व साईडको छेउबाट दुबै माेटरसाइकल पुल मुनि झरेकाे हाे ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय उर्लावारीबाट प्रहरी टोली खटि घाइतेकाे उद्दार गरि उपचारको लागि अरनिको अस्पताल उर्लावारी पठाई उपचार भएकाे थियाे । चार जनाको अवस्था मध्यम रहेकाे र दुइवटा माेटरसाइकल ईप्रका उर्लावारीले नियन्त्रणमा लिएकाे छ ।
३३ प ६२४६ नम्बरको मोसा चालक जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका ८ सलकपुर बस्ने बर्ष २४ को सौगत शिवा र पछाडी सवार सौगत शिवाको बुवा बर्ष ४६ को दिल कुमार शिवाको शरीरको विभिन्न भागमा समान्य चाेटपटक भएको डिस्चार्ज छ भने ११ प ४८६८ नम्बर को मोसा चालक जिल्ला मोरङ पथरी सनिश्चरे नपा ९ बस्ने बर्ष ५० को गोपाल तामाङको शरीरको विभिन्न भागमा चोट, सोहि अस्पतालमा उपचार भई रहेको र पछाडि सवार बस्ने बर्ष १६ कि संजु सुब्बाको शरीरको विभिन्न भागमा चोट मात्रै भई डिस्चार्ज भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय