उर्लाबारी २५ माघ
मोरङको उर्लाबारी नगरपालिकामा गत २०८० कात्तिक २६ गते लक्ष्मी पुजाको दिन स्नेहा ज्वलेर्स उर्लाबारी ७ बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागीमा घाइते र मृतकका परिवारलाई रकम हस्तान्तरण गरेको छ ।
उर्लाबारी उद्योग बाणिज्य संघले क्युआर मार्फत रकम संकलन गरेको थियो र आज बाणिज्य संघले संघको हलमा आगजनी पिडित उद्धार वितरण तथा स्वास्थ्य लाभको कामना सहित भेटघाटको कार्यक्रम आयोजना गरि चेक मार्फत रकम हस्तान्तरण गरिएको हो । यसै कार्यक्रममा मोरङ सुनचाँदी व्यवसायी संघ केन्द्रीय कार्यालय उर्लाबारी, मोरङले आफ्नो तरिकाले रकम संकलन गरि बाणिज्य संघलाई जिम्मा लगाई एकै कार्यक्रममा समावेश भएको थियो । जम्मा २८ जना मृतकका परिवार र घाइतेहरुलाई जम्मा उठेको ८ लाख ९६ हजार मध्ये प्रत्येक लाई ३२ हजारका दरले रकम हस्तान्तरण गरेका थिए ।
यो अचानक भएको घटनामा मृतक र घाइते परिवारलाई केही हद सम्म सहयोग मिलोस भन्ने हेतुले रकम संगलन गरिएको र विभिन्न संघसंस्था, स्वदेश तथा विदेशबाट सकेको रकम सहयोग गर्नुभएका सबैलाई बाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारीबाट धन्यवाद प्रकट गरेका थिए । ग्यास सिलेन्डर पट्केको हो मृतहरुले नदेखे पनि हामी घइतेलाई थाहा भएको र अझै एन्सुरेन्स् वा कम्पनीमा कुरागरि मृतक परिवारलाई केही राहत मिल्ने र यसमा स्थानीय सरोकारवालाहरुले चासो वा लागीपर्न घटनाका घाइते वा उर्लाबारी उद्योग वाणिज्य संघका पूर्व बरिस्ठ उपाध्यक्ष तारामान सेरेङको भनइ राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी वडा नम्बर ५ का वडा अध्यक्ष रविन लामा र संघका पूर्व अध्यक्ष ज्युहरु, वर्तमान समिति मातहतका पधादिकारी रहेका थिएभने संघका अध्यक्ष शेरबहादुर भण्डारीको सभापतित्वमा भएको थियो । कार्यक्रम संचालन भने बाणिज्य संघका महासचिव हेमराज गुरुङले संचालन गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय