इलाम १ फागुन
इलाम चुलाचुली ऐनापोखरी श्रम सांस्कृतिक पार्ककाे आयाेजनमा चुलाचुली ऐनापोखरी महोत्सव आजबाट भएको छ ।
फागुन १ देखि ७ गतेसम्म स्थान चुलाचुली ३ र ४ सिरान विधुवा खोलामा महाेत्सवकाे आयाेजना गरिएको हाे ।
५० वटा स्टल निर्माण भइरहेको र स्थानीय पर्यटन प्रबर्द्धन, विकास, स्थानीय घरेलु खाद्य, स्थानीय स्राेतकाे प्रदर्शन, घरेलु सामग्री, स्थानीय विभिन्न जातजातीकाे झाकी प्रदर्शन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको सहभागी रहने आयाेजकले जानकारी दिए । आज महाेत्सव उद्घाटनकाे पहिलो दिन चर्चित गायक नन्दु गरुङ र स्थानीय कलाकारकाे बेजाेड प्रस्तुति रहनेछ ।
महाेत्सवकाे अनुमानित लागत ४० लाख खर्च हुने ५० हजार दर्शक भित्राई ५० लाख आम्दानीगरि साे आम्दानीबाट १० लाख बचतगरि पार्ककै विकासकालागि खर्च गर्ने समितिका अध्यक्ष कैलाश थुलुङ्गले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय