
विजय धिमाल
उर्लाबारी १३ फागुन
मोरङको उर्लाबारी–७ को नेपाल आदर्श अंग्रेजी माध्यमिक विद्यालय २०७७ सालमा स्थापना भएको उक्त विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा उर्लाबारीका निजी विद्यालयहरुको तुलनामा अब्बल सावित बन्दै गइरहेको छ ।
छोटो समयमै अभिभावक र विद्यार्थीहरुको मन जित्न सफल समेत बनेको छ ।
विद्यालय स्थापना कालमै कोरोना भाइरसको संक्रमण फैलिएपनि त्यसलाई सामना गर्दै नेपाल आदर्श अघि बढेको हो । ३ वर्षकै अवधिमा उर्लाबारी क्षेत्रमा गनिएको शैक्षिक संस्थाका रुपमा आफुलाई उभ्याउन सफल भएको छ । शनिबार प्रथम बार्षिकोत्सव कार्यक्रम गरेर विद्यार्थीहरुमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन र कला प्रदर्शनी गरेको थियो । विद्यार्थीहरुले फेशन सो, नृत्य, गायन, चित्रकलालगायत प्रस्तुत गरेका थिए ।
उक्त विद्यालयमा प्ले गु्रपदेखि कक्षा १० सम्म पढाई हुँदै आएको छ । यस विद्यालयमा कम्प्युटर, विज्ञान प्रयोगशाला, पुस्तकालय, क्यान्टिन, स्कुल बस, परामर्श सेवा, अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमणलगायत सञ्चालन हुँदै आएको छ भने खेलकुद, गायन, नृत्यलगायतका कक्षा सञ्चालन हुँदै आएको छ ।
विभिन्न क्रियाकलापलगायतमा पनि विद्यालयले जोड दिँदै आएको विद्यालयका संस्थापक प्रिन्सीपल सविना खड्का कार्कीले जानकारी दिइन् । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै खेलकुद तथा अनुशासनमा रहन विद्यालयले प्रोत्साहित गर्ने गरेको उनको भनाई छ । ३५ जना शिक्षक तथा १६ जना कर्मचारीहरु सो विद्यालयमा कार्यरत रहनुभएको छ भने ५ सय ७० जना विद्यार्थी अध्ययरत छन ।
उहाँका अनुसार संगित तथा गायन तर्फ लिलाराज पौडेल, नूत्यतर्फ सरस्वती बस्नेत, गितार र मादलतर्फ रेवत राई, चित्रकलातर्फ सुसन धिमाल, र खेलकुदतर्फ पुजन राईलाई प्रशिक्षकको रुपमा विद्यालयले राखेको छ । विद्यालयले त्रैमासिक तथा वार्षिक परिक्षामा प्रथम, द्वितिय र तृतिय हुने विद्यार्थीलाई क्रमशः सतप्रतिशत, ७५ प्रतिशत र ५० प्रतिशतको ब्यवस्था मिलाएको छ भने गरिब, जेहेन्दार, सिमान्तकृत तथा राज्यले तोकिए वमोजिमका छात्रवृत्ति उपलब्ध गराइएको सञ्चालक गोविन्द भट्टराईले जानकारी दिए । विद्यालयले शिक्षक कर्मचारीका छोराछोरीलाई सतप्रतिशत छुटको ब्यवस्था गरेको छ ।
कार्यक्रम विद्यालयका सञ्चालक कुलप्रसाद शिवाकोटीको सभापतित्वमा भएको थियो ।