उर्लाबारी २३ फागुन
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद उर्लाबारीको १५ अौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
कार्यक्रम भने उर्लाबारी नगरपालिका वडा नम्बर ९ दुर्गापुरीमा अवस्थित चुम्लुङ हिमको हलमा भएको हो । अन्य जातिलाई धेरै खर्च सरकारले बिनियोजन गर्दै आएको छ भने आदिवासीलाई कमै दिनेगरेको याक्थुम चुम्लुङ नगर अध्यक्ष बानु सुब्बाले आफ्नो कुरा राखेकि थिइन । हाम्रो भाषा, कला संस्कार संस्कृति जोगाउन राजनैतिक संगठित हुन आवस्यक, अधिकार प्राप्त गर्न नसकिरहेको अवस्थामा एक भएर अघि बढ्न आग्रह गर्दै आफ्नो तहतप्काबाट सकेको साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए कार्यक्रमको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ पूर्व मोरङ जिल्ला उपाध्यक्षरउर्लाबारी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नरबहादुर मोक्तानले आफ्नो कुरा राखेका थिए । अर्थिक वर्ष २०७९र०८० आय तर्फ २२ लाख ३७ हजार ४ सय ८४, व्याय तर्फ २३ लाख ४ हजार ५४ रुपैयाँ भई ६६ हजार ५ सय ७० रुपैयाँ संस्था ऋण रहेको कोषाध्यक्ष रिता तामाङले प्रतिवेदनमा उल्लेख गरिन ।
प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ पूर्व मोरङ जिल्ला उपाध्यक्षरउर्लाबारी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नरबहादुर मोक्तान, अतिथिहरुमा याक्थुम चुम्लुङ नगर अध्यक्ष बानु सुब्बा, सुरेन्द्र सेर्मा, समाजिक अभियानता रुद्र तामाङ, नेपाल तामाङ घेदुङ नगर अध्यक्ष राजकुमार योन्जन, नगर पहिलो जाति प्रतिनिधि मानबहादुर धिमाल, भिम प्रसाद राई, बलबहादुर घिसिङर, अमर सेलिङ, नेवा दवु नगर अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ लगायत विभिन्न जातिका प्रतिनिधिहरु रहेका थिए ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद उर्लाबारीका अध्यक्ष समसेर लिम्बुको सभापतित्वमा सभा सम्पन्न भएको थियो भने सचिव नारायण चाम्लिङले सभा संचालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय