
विजय धिमाल
इलाम १८ चैत
इलामको निर्वाचन क्षेत्र नम्बर दुईका प्रतिनिधि सभाका सदस्य सुवासचन्द्र नेम्बाङको गएको भदौ २६ गते निधन पछि रिक्त बनेको उक्त क्षेत्रमा चुनाव हुने भए सँगै जिल्लामा चुनावी रौनक सुरु भएको छ ।
२०५६ सालदेखि नेम्बाङले निरन्तर विजयी हासिल गर्दै आएको उक्त क्षेत्रमा उनको निधनपछि उपनिर्वाचन हुने भएको हो । चुनाव नजिकिँदै गर्दा बिभिन्न पाटीका आकाङ्क्षीहरु र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रि सकेका छन भने कोही तयारीका साथ यसबखत निर्वाचन केन्द्रित कार्यक्रमा जुटेका छन् । कुन पाटीमा कस्ले टिकट पाउने अझै निश्चीत भने भइसकेको देखिदैन । तर यता किरातलिम्बुवान प्रदेश नामाङ्कन अभियानका अध्यक्ष प्रेमदिप थाम्सुहाङ्ग पहिचानवादी स्वतन्त्र उम्मेदवार बनेर इलामको विभिन्न ठाउँमा जनसभा तथा प्रचारप्रसारमा हुमिएका छन् ।
लामो समयसम्म एमालेले वर्चस्व जमाएको ठाउँ एकात्मक शासन गर्दै आएको पहिचान बिरोधिलाई यस पटक परास्त गर्न, यस क्षेत्रको हरेक गतिविधि र जनताको समस्यालाई सहज बनाउन स्वतन्त्र उम्मेदवारी गरि चुनाव चिन्ह हाते माइक लिएर मैदानमा उत्रनैपर्ने बाध्य बनाएको चुलाचुलीस्थित आइतबारेमा जनसभामा थम्सुहाङले बोलेका थिए । थप्दै पहिचान स्थापित गर्न विभिन्न पाटी चाहारे तर कसैबाट पार नलाग्ने देखेपछि आफ्नै ढङगले अभियानमा लागेको, इलामेली जनताले भोट दिनेमा ढुक्क रहेको, यस क्षेत्रमा विभिन्न पाटिका उम्मेदवारले अनगिन्ती आश्वासन देखाएर पङ्गु हाल सम्म बनाउने कामबाहेक केही गर्न सकेन अब सबै परागर्न पालो आएको र आफुलाई जिताउन आग्रह गर्दै बोलीको पक्का वा पूरा गर्छु भनी आफू जन्मेको भूमिको सपत लिए । मंगोल, आदिवासी जनजाति वा मतुवाली फेस भएका उम्मेदवारहरु तपाईहरुको घरमा भोट माग्न आउला वा आउछन नझुक्किन आग्रह गरे । अब इलामको क्षेत्र नम्बर दुइ कब्जा गर्ने तरिकाले तयारी थालेको प्रेमदिप बताउछन् ।
विभिन्न पार्टीले जिल्लाको बस्तुस्थिति अध्ययन गर्नका लागि पार्टीका केन्द्रीय नेतालाई खटाइसकेकोले सजग र सतर्क रहनुपर्ने उनले बताए । जिल्लामा उपनिर्वाचनको मिति तय भएसंगै नेताहरुको दौडधुप तिब्रै रुपमा सुरु भएको छ ।