विजय धिमाल
मधुमल्ला २० चैत
मोरङको मिक्लाजुङ गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य वडा नं। १ आइतबारेमा यही चैत्र महिना बाट द टेण्ट टाउण्ड एण्ड होम स्टे सञ्चालनमा आउने भएको छ ।


उक्त होम स्टेको निर्माण कार्य अन्तिम चरणमा पुगेको र यही चैत्र २३ गते द टेण्ट टाउण्ड एण्ड होम स्टेको औपचारीक रुपमा उद्घाटन गरीने होम स्टेका सञ्चालक कञ्चन श्रेष्ठले बताए । उक्त होम स्टेमा स्थानीय खानपिनका परीकारहरुको साथमा स्थानीय स्तरमा उत्पादीत अर्गानिक उत्पादनले आन्तरीक तथा बाह्य पर्यटकको मन लोभ्याउने छ ।
६ जना युवाहरुको लगानीमा करीब एक करोड ५० लाखको लगानीमा होम स्टे सञ्चालन गर्न लागेको अर्का सञ्चालक बबीना चेम्जोङले जानकारी दिए । समुन्द्री सतहबाट करिब एक हजार चार सय ५० मिटरको उचाइमा रहेको उक्त स्थानलाई पछील्लो समय पुर्वको श्री अन्तु र भेडेटार जस्तै ठाउँको रुपमा तुलाना गर्न थालीएको छ । शिर शिर चीसो हावा र चीसो बाहै् महीना जाडो मौषम रहनु यस ठाउँको विशेषता हो ।
द टेण्ट टाउण्ड एण्ड होम स्टेमा एक रात बस्नका लागी न्युनतम पाँच सय देखी पाँच हजार पाँच सय सम्मको ९ होम टेण्ट, ग्रुप टेण्ट, र फेमीले टेण्ट० को व्यवस्था रहेको छ । उत्त स्थान बाट इलामको श्रीअन्तु बाट जस्तै राम्रो शुर्यदोय र सुर्य अस्तको दृष्यावलोकन गर्न सकिन्छ । यस्तै सोही स्थान बाट पुर्व नेपालका तराइका हरिया फाँटहरु मधुमल्ला, उर्लाबारी, दमक, बिर्तामोड देखी इटहरी सम्मको दृष्याअवलोकन गर्न सकिन्छ । यो स्थानमा एक पटक आउने मानीस पुनस् यस ठाउँको हावा पानी र वातवरणले लोभ्याउने भएकाले पुनस् पटक पटक जौजौ अनुभव गराउदछ ।
चैत बैशाखको गर्मी छल्न आन्तरीक तथा बाह्य पर्यटकहरु बाक्लो मात्रामा आउने गरेको तर उचीत बस्ने स्थानको अभावलाई निवारण गर्ने उदेश्यले यो होम स्टेलाई व्यवस्थीत रुपमा सञ्चालनमा ल्याइएको सञ्चालक बबीता चेम्जोङ बताउछिन् । द टेण्ट टाउण्ड एण्ड होम स्टे मा पिकनीक स्पटको, बच्चाहरुका लागी खेलौनाका सामग्रीहरुको समेत व्यवस्था गरीएको छ ।
उर्लाबारी किशान चोक टाँडी रमीते सडक निर्माण सम्पन्न भए संगै उक्त स्थानमा आन्तरीक र बाहिय पर्यटकहरु आउने क्रम बढेको छ । मधुमल्ला बाट द टेण्ट टाउण्ड एण्ड होम स्टे सम्मको दुरी करीब १८ कीमी रहेको छ ।

 

 

स्राेत: किशोर निराैला

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय