रोगीलाई निरोगी बनाउने उदेश्य सहित मोरङको उर्लाबारीमा दर्शन पोलिक्लिनिक संचालनमा आएकोे छ ।
एउटै छातामुनी धेरैभन्दा धेरै विशेषज्ञ चिकित्सकहरुबाट सेवा दिने उद्देश्यले उर्लाबारी चोक उत्तरपटी दर्शन पोलिक्लिनिक स्थापनामा आएको हो । क्लिनिकमा छाला, यौन तथा कूष्ठरोग, स्त्री तथा प्रसूति, फिजियोथेरापी, मधुमेह तथा थाइराइड, छाला, नाक, कान, घाँटी, बाल रोग, हाडजोर्नी तथा नसा, प्रयोगशाला लगायतका सेवाहरु रहेको छ ।
क्लिनिकमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकले ओपिडी सेवा दिनुका साथै आकस्मिक उपचार सेवाको समेत व्यवस्था रहेको छ । ‘क्लिनिक भन्नेवित्तिकै सामान्य उपचार सेवा दिने संस्था भनेर बुझ्ने गरिन्छ । तर हाम्रो बहुविशेषज्ञ क्लिनिकमा विभिन्न विषयमा दक्ष विज्ञ चिकित्सकले विशिष्ट सेवा दिनेछौं,’ ‘दर्शन पोलिक्लिनिक’का प्रमुख सिर्जना दाहालले भनिन्, ‘यो क्लिनिकबाट हामीले सबैखालको विशेषज्ञ सेवा दिनेछौं । नयाँ ज्ञानशीपमा आधारित रहेर उपचार सेवा दिइनेछ ।’ उनका अनुसार क्लिनिकमा आधुनिक प्रविधि र प्रणालीको प्रयोगबाट छिटोछरितो सेवा प्रदान गरिनेछ भने यस किसिमको अत्याधुनिक प्रविधि सहित उपचार दिने क्लिनिक उर्लाबारी मै पहिलो रहेको संचालकको दाबी समेत रहेको छ ।
प्रबन्ध निर्देशक भवानी प्रसाद न्यौपानेका अनूसार क्लिनिकले वृद्धा तथा अशक्तलाइ सहुलियतमा सेवा दिनेछ । ‘हामी नगरपालिका र वडाहरुसँग मिलेर काम गर्नेछौं,’ उनले भने, ‘निजी क्लिनिक भए पनि हामी सामाजिक उत्तरदायित्व भुल्दैनौं ।’ क्लिनिकले बिरामी भएपछि निको पार्ने प्रक्रियामा मात्र नभइ बिरामी हुन नदिनका लागि जनचेतना जगाउने विषयमा पनि सक्रिय रुपमा काम गर्ने उनले जानकारी दिइन् । क्लिनिकमा हरेक दिन डिजिटल एक्स रे, भिडियो एक्स रे, प्रयोगशाला सेवा, फार्मेसी सेवा माइनर ओ।टी, इ।सी।जि र इको सेवा उपलव्ध रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय