विजय धिमाल

उर्लाबारी २२ बैशाख
मोरङको उर्लाबारी-४ ओम सत्य साई पेट्रोल पम्प दक्षिण स्थित दोश्रो आदिवासी जनजाति फुड फेस्टिबल तथा मिनि महोत्सव ११ दिनसम्म सुरु भएको छ ।
उर्लाबारी नगरपालिकाका नगर प्रमुख वा कार्यक्रम प्रमुख अतिथि गंगाप्रसाद खरेलको हस्तबाहुलिबाट बिरुवामा पानी हालेर कार्यक्रम उद्घाटन भएको हो । उद्घाटनको पहिलो दिन उर्लाबारीको चिउरामिल, बरगाछी, मुख्य चोक हुँदै कार्यक्रम स्थलमा प्रवेश गरेको थियो । फेस्टिबलमा स्थानीय राई, लिम्बु, धिमाल, तामाङ, मगर, किराँत याख्खा छुम्मा, माझी, नेवार, भुजेल, दनुवार, सन्थाल लगायतको सहभागीता रहेको थियो भने प्रत्येक जातिको झाकी प्रदर्शन भएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघ, नगर समन्व्य परिषद् उर्लाबारीको आयोजना र उर्लाबारी नगरपालिकाको आर्थिक सहयोगमा भएको हो । स्थानीय जातजातीका मौलिकता सहित पराम्परागत प्राकृतिक जडीबुटीसहितको खानाका परिकारका स्टल रहेको छ ।
परिषद्का नगर अध्यक्ष समशेर लिम्बुका अनुसार कार्यक्रममा आदिवासी खानाका परिकार, राष्ट्रिय स्तरका कलाकारहरु, उर्लाबारीमा रहेका विभिन्न जातजातिको प्रस्तुति, बैन्ड, रोटेपिङ, नाउ, साँझ सांस्कृतिक कार्यक्रम रहेको समितिका सचिव नारायण चाम्लिङले मार्फत जानकारी दिए ।
उर्लाबारीमा भएका आदिवासी जनजातिहरुको एकता कायम गर्ने, स्थानीय जातजातिको खानपिन र आहाराको संस्कारसँगै उनीहरुको संस्कृति र भेषभुषाहरुको जगेर्ना र संरक्षण गर्ने, खानाको बजारीकरण गरी व्यवसायमा सहयोग गर्ने, आदिवासी जनजातिहरुको नेतृत्व विकाश र शसक्तिकरणमा सहयोग पुर्याउने, नगरपालिका र परिषद् परिवारबीचमा सम्बन्धहरु सुमधुर कायम गर्ने, स्थानीय गाउँ तथा टोलसम्म आदिवासी जनजातिहरुको संगठन निर्माणका लागि सहयोग पुग्ने आयोजकका अध्यक्ष समशेर लिम्बुको भनाइ राखेका थिए । कार्यक्रमका लागि नगरपालिकाले ५ लाख रुपैया बजेट सहयोग भएको र अन्य विभिन्न सहयोगी दातहरुबाट संकन वा सहयोगमा कार्यक्रम भएको समितिका कोषाध्यक्ष रिता तामाङले जानकारी दिइन् । आदिवासीले पुर्खाको पालादेखि खादै आएको परिकार स्वास्थ वर्दक र जडिबुटी जन्य रहेको, खादा कुनै असर नगर्ने कुरारख्दै तीन तहकै सरकारले आदिवासीलाई नचिनेझै गरिरहेको अवस्थामा आदिवासी को हुन रु भनेर चिनाउन र सरकारको नीति नियमले दिएको हकअधिकार सुनिस्चित संगै प्रयोगमा ल्याउन आवस्यक रहेको त्यसैले यस्ता कार्यक्रम गर्नुपर्ने प्रष्ट पारे अभियानतारसमितिका सल्लाहकार रुद्र तनमाङ ।
कार्यक्रमको प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, बिशिस्ट अतिथि दिलु लिङदेन अतिथिहरुमा विभिन्न संघसंस्थाको प्रतिनिधिहरु, राजनिक दलका प्रतिनिधिहरु, बुद्धिजीवी, समाजसेवी र जनप्रतिनिधिहरु रहेका भिए भने नेपाल आदिवासी जनजाति महासंघ, नगर समन्व्य परिषद् उर्लाबारीका अध्यक्ष समशेर लिम्बुको सभापतित्वमा भएको थियो भने कार्यक्रम समितिका सचिव नारायण चाम्लिङले संचालन गरेका थिए । आज पहिलो दिन गायिका रचना रिमालको प्रस्तुति रहने आयोजकले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय