उर्लाबारी नगरपालिकाको ११ औं नगरसभाको अवसरमा कर्मचारी , खेलाडी , कृषक र पत्रकारलाई पुरस्कृत तथा सम्मान गरिएको छ । सोमबार सम्पन्न नगरसभामा
नगरपालिकाले आर्थिक वर्ष २०८० /०८१ मा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै कृषि शाखाका प्रमुख अधिकृत अम्बिका प्रसाद लुईटेल, वडा नम्बर ६ का वडा सचिव तथा सब ईन्जिनियर बालकुमार बराल र नगरपालिकामा कार्यरत कार्यालय सहयोगी सरिता धिमाल जनही २५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ ।

यस्तै सो अवसरमा खेलकुदको विभिन्न विधामा विशिष्ट योगदान पुर्याउने ७ जनालाई जनही ८ हजार ५ रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान पत्रले सम्मानित गरिएको छ । उर्लाबारीका बीरवल थापा, हृमन्त लावती, सुशन धिमाल, मानबहादुर थोप्रा लिम्बु, पुर्णिमा राई, मेघराज बस्नेत र दिपेन्द्र धिमाल क्रमशस् भलिबल, एथ्लेटिक्स, भलिबल, कराते, महिला फुटबल, ब्याटमिन्टन र फुटबल विधामा सम्मान गरिएको थियो ।

यस्तै, विभिन्न विधामा उत्कृष्ट कृषक घोषणा गरी नगरभित्रका किसानहरुलाई पुरस्कृत गरिएको छ ।
नगरपालिकाले कृषि क्षेत्रको १२ विधामा १२ जना उत्कृष्ट कृषकलाई जनही नगद १५ हजार रुपैयाँ प्रदान गरेको छ । यसरी पुरस्कृत हुनेहरुमा घाँस खेतीतर्फ विष्णु निरौला, खाद्यान्न बालीतर्फ माधवराज रिजाल, फलफूल बालीतर्फ छविलाल ढकाल, तेलहन बालीतर्फ लक्ष्मीप्रसाद ढकाल, मौरीपालनतर्फ सूर्यकुमार कटुवाल, च्याउ खेतीतर्फ डोमादेवी प्रधान, कुखुरा पालनतर्फ कृष्णकुमार लामा, बाख्रा पालनतर्फ नविन भण्डारी , माछा पालनतर्फ शिला धिमाल , गाईपालनतर्फ दिपक बोहोरा , बङ्गुर पालनतर्फ रमेश सुन्दास र तरकारी बालीतर्फ नेम्बाङ् एग्रो फर्म ,
रहेका छन् ।

सो अवसरमा नगरका गतिविधिलाई प्राथमिकताका साथ प्रकाशन, प्रशारण गर्ने र सकृय एक÷एक संचार माध्यम र पत्रकारलाई समेत नगदसहित सम्मान पत्रले सम्मानित गरिएको थियो । जसमा संचार माध्यमतर्फ न्यू पाथिभरा साप्ताहिकलाई २५ हजार नगद र सकृय प्रत्रकारितातरणफ टिका सिम्खाडालाई २० हजार नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो ।

पुरस्कृत पत्रकारहरुलाई नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसीलगायतले पुरस्कृत गरेका थिए ।

यस्तै, उर्लाबारीकै पत्रकार दुर्गाप्रसाद खतिवडालाई ५ हजार नगदसहित सम्मान पत्रले जेष्ठ पत्रकार सम्मान विधामा सम्मान गरिएको थियो ।

असार ५ गतेदेखि सुरु भएको उर्लाबारी नगरपालिकाको नगरसभामा आर्थिक वर्ष २०८१र०८२ का लागि नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेलले प्रस्तुत गरेको बजेटलाई पारित गरि समापन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय