बिराटनगर २२ असार
नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थानीय संचार माध्यमको अवस्था विषयक अन्तरकृया तथा कृत्रिम बुद्धिमत्ता AI सम्बन्धी एक दिने तालिम कार्यक्रम आयोजना सम्पन्न गरेको छ ।
पत्रकारिता क्षेत्रमा AI को बढ्दो महत्व र प्रयोगलाई ध्यानमा राखेर सो तालिम आयोजना गरिएको हो । तालिममा मोरङ साखाका सदस्य लगायत अन्य सहभागी रहेको थियो । तालिमको सहजिकण भने पहिलो शेसन स्थानीय संचार माध्यमको अवस्था विषयक अन्तरकृया विषयमा यज्ञ शर्माले गरेका थिए भने दास्रो शेसन कृत्रिम बुद्धिमत्ता AI सम्बन्धी रबिराज बराल गरे र तेस्रो शेसन मोबाइल जोर्नालिजम भिसन राइले गरेका थिए । पत्रकारहरूले AI का आधारभूत अवधारणाहरू, यसको कार्यप्रणाली र पत्रकारितामा यसको सम्भावित प्रयोगहरूबारे जानकारी प्राप्त गरे। विशेषज्ञ प्रशिक्षकहरूले AI टूल्सको प्रयोग गरेर समाचार लेखन, डाटा विश्लेषण र भाषा अनुवादका प्रयोगात्मक अभ्यासहरू गराए थिए ।
कार्यक्रमको उद्घाटन भने आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश १ का मन्त्री लिलाबल्लभ अधिकारी गरे भने अतिथिहरुमा भिसण राइ, यज्ञ शर्मा, भक्तसेर लिम्बु लगायत रहेका थिए भने नेपाल पत्रकार महासंघ मोरङका देय अध्यक्ष मोहन भट्टराइ र तारा आचार्यको सभापतित्वमा तालिम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय