उर्लाबारी २३ असार
धिमाल जातिको गौरवशाली संस्था धिमाल जातीय विकास केन्द्र दश विगे परियोजना स्थलमा सचेत धिमाल युवा समाज समुह नेपालले तिन सय बाइसथान सुपारीको बिरुवा रोपण गरेको छ ।
धिमाल जातीय विकास केन्दको प्रमुख आतिथ्य र सचेत धिमाल युवा समाज समुह नेपालले हातेमालो अभियान २०८१ आयोजना गरी विभिन्न दाताहरुबाट संकलीत सो सुपारीको बिरुवा रोपण गरिएको हो । केन्द्रीय कार्यालयको पूर्व उत्तर पटिको खाली जमिनमा रोपण गरीएको सचेत धिमाल युवा समाज समुह नेपालका संयोजक हरी नुनिया धिमालले जानकारी दिए । धिमाल जातीय विकास केन्दीय समितिका पधादीकारी, सदस्य, भातृ संगठन, जिल्ला, नगर, गाउँटोल लगायतका पधादीकारी, सदस्यहरुको उपस्तिथी रहेको थियो । यस अघिपनि सचेत धिमाल युवा समाज समुह नेपालले सुपारी लगायत अन्य विरुवाहरु रोपण गरिसकेका थिए ।
सभ्य धिमाल नागरीक भइ सचेत ढंगले लागौं आफुसंगै सकेको केहीगरौं समाज संगै क्षमता, भौतिक तथा आर्थिक विकासमा टेवा पुग्न सकिने यस संस्थाका संयोजक तथा अभियानता हरी नुनिया धिमाल बताउदै हाम्रो कार्यक्रम यती मात्रै हैन अझै धेरै छ र हामी वा हाम्रो टिम एकदमै लागी परेका छौ यस्ता शुभ कार्यमा सकेको सबैको हातेमालो संगै साथ सहयोग र हौसलाको रहेको छ, आगामी दिनमा एम्बुलेन्सको अवधारणा लिएका छौ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय