
उर्लाबारी २९ साउन
मोरङको उर्लाबारीमा अहिले जुनियर मिस्टर एण्ड मिसेस उर्लाबारी २०८१ नामक प्रतियोगिताको आयोजना भईरहेको छ ।
यतिवेला कार्यक्रममा सहभागि वालबालिका प्रशिक्षणमा ब्यस्त छन । ड्रिम मोडलिङ एजेन्सी नामक संस्थाको आयोजनामा भईरहेको उक्त प्रतियोगिता विवादमा तानिदै गएको छ । कार्यक्रममा सहभागी ‘शुल्क १५ हजार रुपैंयाँ लिइएको छ भने प्रशिक्षणकै क्रममा भोटिङ राउण्ड भन्दै अनलाईन भोट माग्न लगाइएको छ । जहाँ सहभागीका अभिभावकले लाँखौ खर्च भईसकेको गुनासो गरे । ‘नानीहरुको क्षमता बढ्ला, प्रतिभा प्रस्फुटन होला भनेर कार्यक्रममा आफ्नो नानीलाई सहभागी गराए, तर यो सिधासिधी कमाई खाने भाडो पो रहेछ, एक अभिभावकले भने ।
नानीको भोटको लागि आफुले ९० हजार बराबरको भोट गरिसकेको उनले बताईन्
अर्का अभिभावको गुनासो पनि उस्तै छ, उनी भन्छन्, नानीको ईच्छाको लागि कार्यक्रममा सहभागी गराए, पैसो नहुँनेको त कामै रैनछ । अहिले यो कार्यक्रम निल्नु न ओकल्नु । नानीलाई सहभागी गराईरहौ, यो मन्दीको बेला लाखौं खर्च, सहभागीबाट निकालौं, नानीको ईच्छा र बालमनोबिज्ञानमा पर्ने असर ।
समाचार श्रोतका अनुसार भोटिङ सेटिङ नगराउने, टिकट नबेचाउने भनेर भनेपछि केहि सचेत अभिभावकहरुले आफ्ना नानीहरुलाई कार्यक्रममा सहभागी गराएका हुन तर आयोजकले उनीहरुबाट १५ हजारका दरले छिन्न सफल भएको छ । कार्यक्रममा झण्डै ५० जना कार्यक्रममा सहभागी छन् । मैले त नानीको लागि भोट मागेको छैन, उनले भने, सुरुदेखीको भोट के को लागि चित्तै बुझेको छैन ।
सहभागीहरु भोट माग्न ब्यस्त
आयोजकले भोट गर्न लगाएर भोटिङबाट कमाई गरिरहेको छ त्यतिमात्र होईन ड्रेस, फोटो सुट भन्दै बिभिन्न बहानामा पैसा कुम्लीयाउने काम भईरहेको प्रतिस्पार्धामा सहभागी एक वालिकाले नाम उल्लेख नगर्ने सर्तमा भनिन ।
कार्यक्रममा सहभागीहरुलाई पुरस्कारको विषयमा चित्त नबुझेको स्रोत बताउछ । तर प्रतियोगिहरु बाहिरि रुपमा कार्यक्रममा बिजेता नभईने डरले बोल्न चाँहेका छैनन् बिभिन्न वाहानामा आयोजकले पैसा मागेपछि पैसा नहुने अभिभावकहरुको ढाड सेकिएको छ । हुने खानेहरु पैसाकै बलमा उपाधि चुम्ने दाउमा छन । एक किसिमको उर्लाबारीको अभिभावकलाई भोटको नाममा उपाधि जुवा झै भएको छ ।
पुरस्कारमा के छ
१५ हजार देखी २५ हजार सम्म पुरस्कार रहेको आयोजकले जनाएको छ । जावो त्यति पुरस्कारको लागि प्रायोजक खोज्न आयोजकले सक्थियो । तर खाने बाहाना भएको प्रस्ट देखिन्छ । एक ठाउँमा सकिए लगत्तै अर्को ठाउँमा आयोजना हुने यस्ता प्रतियोगिताले प्रतिस्पर्धीको क्षमता बृद्धि भन्दा आयोजकले आर्थिक रुपमा नाफा कमाउने उदेश्य मात्र देखिन्छ । जिल्ला प्रशासनमा दर्ता भएका सामान्य संघसंस्थाले एउटा क्राउन शिरमा राखेर उपाधि दिदैंमा प्रतिस्पर्धीहरुको भबिष्य बन्नेमा जानकारहरु शंका प्रकट गर्छन । नामकै मात्र उपाधिले आगामि दिनमा बिजेताहरुको भविष्य निर्माण हुने भन्दा पनि उपाधिको रक्षा कसरी भन्ने अन्यौलता छ । अभिभावकलाई काबु बनाएर आफ्नो भेद नखुल्ने ठाउँमा प्रतियोगिता गर्न आयोजक लागि परेका छन । अहिले भइरहेका कार्यक्रममा कमाउने धन्दा मात्र, ‘सौन्दर्यको नाममा यस्तो बद्सी रोकिनुपर्छ । प्रतिभा प्रस्फुटन गराउने कार्यक्रम गर्नु नराम्रो होइन तर अचेल यस्ता कार्यक्रमहरु फेसनको रुपमा प्रयोग भइरहेको अवस्था छ । यस्ता कार्यक्रम आयोजना गर्यो स्पारो एसएमएस मार्फत पनि रकम असुल्यो अनि प्रतिस्पर्धिका अभिभावकलाई समेत मनोवैज्ञानिक दवाद सिर्जना गरेर त्यहाँबाट पनि पैसा असुल्ने गरेको प्रष्ट छ । सोही कार्य जुनियर मिस एण्ड मिस्टर उर्लाबारीमा समेत दोहोरीएको छ ।