उर्लाबारी ३ भदौ
मोरङको कानेपोखरी गाउपालिका वडा नम्बर ७ स्थित मोटरसाईकलबाट लडेर घाईते भएकी एक महिलाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो ४ बजे मोटरसाईकमा सवार भई छिमेकी खेमराज कार्कीसँग घर फर्किने क्रममा लडेर घाईते भएकी उर्लाबारी वडा नम्बर ४ की ४२ वर्षिया सर्मिला बोहोराको सोमबार उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाबाट घाईते भएकी माइती पक्षले उपचारको लागि उर्लाबारी वडा नम्बर ३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर लगिएतापनि उनको टाउकोमा गम्भिर चोट देखिएकोले थप उपचारको लागि विराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल लगिएको थियो । उनको उपचारको क्रममा सोमबार विहान ४ः१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
५० वर्षिय कार्की उर्लाबारी वडा नम्बर ४ स्थित उर्लाबारी वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हुन् । मृतकसँगको नाता माईली बडीआमा बताउने उर्लाबारीका युवा व्यवसायी सुनिल बोहोराकाअनुसार क्याम्पस प्रमुख कार्कीले आफ्नो ओहोदा र धनाड्यताको दम्भ देखाउदै मृतकका छोरालाई धम्की दिई घटनाबारे ढाकछोप गराएको बताए । बोहोरा भन्छन्, शुक्रबारको घटना रहेछ परिवारमा कसैलाई थाहै भएन । दुर्घटनामा परि मंगलबारे अस्पताल ल्याईएपछि क्याम्पसमा कार्यरत दाहाल थरका एकजना कर्मचारीलाई फोन गरेर छोरालाई अस्पतालमा ल्याउन भनिएको रहेछ । क्याम्पस प्रमुख कार्कीले मृतकका २१ वर्षिय छोरा सुदिप बोहोरालाई धम्की दिई घटनाबारे ढाकछोप गराउन दबाब दिई थप उपचारको लागि विराटनगर लगिएको रहेछ । कार्कीप्रति आक्रोश व्यक्त गर्दै बोहोराले मंगलबारे पेजलाई जानकारी दिए।
यता मृतक बोहोराका छोरा सुदिपकाअनुसार क्याम्पस प्रमुखले आफुलाई घटनाबारे कसैलाई नबताउन दबाब दिएको बताउदै उनको लापरवाहीले आफ्नो आमाको ज्यान गएको बताए । उनले भने, सरले मम्मीलाई घरबाटै मोटरसाईकलमा पछाडी राखेर लिएर जानुभएको थियो । कहाँ जानुभएको थियो,त्यो बारे जानकार त छैन तर फर्किदा दुर्घटनामा पर्नुभएछ । मम्मीको समयमा राम्रो उपचार हुन सकेन, सरले मलाई दबाब दिएकोले उपचारमा सहि तरिकाले काउन्सीलिङ समेत हुन सकेन, अन्त्यमा ममीको ज्यानै गयो । ू
यस्तै मृतकका परिवारले सोमबार ईलाका प्रहरी कार्यालय पथरीमा क्याम्पस प्रमुख कार्कीविरुद्ध किटानी जाहेरी दिने बताएको छ । यता क्याम्पस प्रमुख कार्कीले सुदिपलाई कुनै पनि धम्की नदिएको बताए । उनले भने, म विराटचोकबाट फर्किने क्रममा कानेपोखरीमा उहाँलाई देखेपछि लिफ्ट दिएर सँगै घर फर्किने क्रममा उहाँ आफै बाईकबाट लड्नुभयो । प्रहरीसँगको समन्वयमा एक माईक्रोमा सिट खाली गराई उहालाई उपचारको लागि मंगलबारे लगिएको थियो । उहाँको अवस्था सामान्य देखिएतापनि टाउको चोट देखिएकोले डाक्टरले सिटीस्क्यान गर्न विराटनगर रेफर गरिएको थियो । तपाइँहरु सँगै कतै गएर फर्किनुभएको त होईन नि भन्ने सबालमा कर्कीले भने, ईटहरीस्थित एक बहिनीको घरबाट मृतक सर्मिला फर्किने क्रममा कानेपोखरीमा चक्कर लागेकोले रेस्ट गर्न बस्नुभएको रहेछ । मैले देखेपछि उहाँलाई लिफ्ट दिई सँगै घर फर्किएका थियौँ तर उहाँ आफै लडेर घाईते हुनभयो ।
थप समाचार आउन बाँकी