उर्लाबारी ४ भदौ
झापाको दमक स्थित समानुपातिक माननिय सांसद नम्बरलाल धिमालको अगुवाईमा सात वटा धिमाल ग्रामथान अवलोकन गरिएको छ ।
विगत २०८०÷०८१ को बजेटमा कुन—कुन ठाउँमा के कस्तो काम गरियो र के हुदैछ भन्ने सवालमा आज अनुगमन गरिएको हो । जसमा सबै भन्दा उत्क्रिष्ठ दमक १० नम्बर वडाको नलबारी ग्रामथान उत्कक्रिठ भएको अनुगमनमा हिडिएका विभिन्न टोलका प्रतिनिधिहरुले जनाए । उक्त अनुगमनमा सांसद लगायत दावगाछीका गणेशमान धिमाल, दोघरेका गणेशमान धिमाल, नलवारीका श्रीप्रसाद धिमाल र रमेश धिमाल, खर्खरेका दलबहादुर धिमाल, बुट्टाबारीका शंखर र पूर्ण धिमाल, बाह्रघरेका प्रज्वल धिमाल लगायत रहेका थिए । अनुगमनमा धिमाल जातिको सात वटा धिमाल ग्रामथान अवलोकन गरिएको थियो जसमा ठुलो अर्नाखाडी, स्यानो अर्नाखाडी, बुट्टाबारी, बाह्रघरे, नलबारी, दावगाछी र र्खखरे गाउँटोलमा सांसद नम्बरलाल धिमालको एक टोलीले अवलोकन तथा भ्रमण गरिएको थियो । टोलिले यस ठाउँको अवस्था र स्थिति के कस्तो भयो र अब भावि दिनमा के कसरी साथ र सहयोग गर्न सकिन्छ भन्ने तरिकाले अवलोकन गरिएको संसद नम्बरलाल धिमालले जानकारी दिए ।
योत मैले गरेको साथ र सहयोग यतिमै सिमित हैन सकुन्जेल अन्य धिमाल ग्रामथानमा म रहुन्जेल सहयोग रहने सबैमा जानकारी र मैले र माननिय होम थापाको संयुक्तमा आएको बजेट नलबारी ग्रामथानका श्रीप्रसाद धिमाल र रमेश धिमाल जस्तै समाजसेवि र विकास मुखि तरिकाले काम गरे बजेट दिनमा मेरो कन्जुसांइ हुने छैन सांसद धिमालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय