
उर्लाबारी ६ भदौ
यतिबेला पूर्वी मोरङको उर्लाबारीलाई उद्योग वाणिज्य संघको निर्वाचन लागेको छ । सबै आफ्ना एजेण्डा लिएर उद्योगी ब्यापारीका सामू पुगिरहेका छन् ।
कोही दलीय उमेद्वार छन् । कोही स्वतन्त्र । स्वतन्त्र मध्येको उमेद्वार हुन् बिनोद न्यौपाने र ज्ञानकुमार श्रेष्ठ (ज्ञानु) दुवैजना कहिल्यै सानातिना विषयमा स्टेनवाज गरेर आफूतिर ब्यापारी, उद्योगीको ध्यान खिच्दैनन । शुन्यबाट आफ्नो व्यापार सुरु गरेका उनी न सरकारबाट प्राप्त अनुदानको रवाफमा आफूलाई अब्बल ब्यावसायि प्रमाणित गर्छन ।
सधैं आफ्नो पेशा प्रति इमान्दार एउटा व्यावसायीको रुपमा परिचित यी दुई थोरै बोल्छन् । धेरै काम गर्छन । श्रम र रोजगारसँग विश्वास गर्ने यी दुई देशमा चरम आर्थिक मन्दी हुँदा पनि आफूलाई ब्यावसायिक रुपमा कहिल्यै खुम्च्याएनन । यी नै दुईजना उद्योग वाणिज्य संघको अध्यक्ष पदमा बिनोद न्यौपाने र उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदमा उमेद्वार छ । बिनोद र ज्ञानु भाषण, आशन र शासनका लागि चुनाबमा होमिएका होइनन् ।
साना देखि ठूलासम्म ब्यापारीका अलग अलग समस्या छन् । ति समस्याको समाधानको प्रयास गर्ने उनि दुइको एजेण्डा छ । विपद कोष, मृतक सदस्य राहत कोष, वस्तुगत संघ निर्माण, नगरमा रात्रिकालिन बजारको ब्यवस्था, उर्लाबारी क्षेत्रका पर्यटकीय क्षेत्रको प्रबद्र्धन, घर बहाल कर ब्यवस्थित लगायतका एजेण्डा लिएर यी दुई मतदाताकोमा पुगिरहेका छन् । बजारमा पुग्दा यी दुईको चर्चा चुलिएको र बलियो उम्मेद्वारको रुपमा रहेको सुनिन्छ ।