विजय धिमाल

उर्लाबारी 6 पुस

माेरङकाे उर्लाबारी आम्बारी स्थित याक्थुम चुम्लुङ उर्लाबारी नगर समितिकाे आयाेजनामा पाँच दिन सम्म भव्य तथा सभ्य रुपले सम्पन्न भएकाे छ ।

उक्त चासाेकमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले भरपुर मनाेरन्जन दिलाएका थिए । अस्मिता अधिकारी, दिपक लिम्बु, द भ्वाइसका नाेगेन लिम्बु, लिटल छेसाङ तामाङ, डम्बर नेपाली हरेक साँझ अनतरा ब्याण्ड, ग्रेक्स एण्ड द मिराकलकाे प्रस्तुति मुन्धुमी वा पालम गायक गाइका भिम लिम्बू, दुर्गा तुम्सा, उदय केरुङ र अभिषेक मेनेयाङबाे लिम्बु समेत रहेका थिए । यतिमात्र नभएर विभिन्न बाल, बयस्क र बृद्धबृद्धाहरुमा रमाइलो खेलकुद गर्दै र स्वदेश तथा विदेशमा रहेका लिम्बू तथा गैर लिम्बुकाे आर्थिक, भाैतिक साथ सहयाेग लगायत हरेक वर्ष यहि स्थलमा तङनाम सम्पन्न हुदै आएकाे छ ।

के हाेत चासाेक तङनाम ? लिम्बू समुदायले महान् चाडको रूपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम [न्वागी पूजा] अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो । लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ ।

लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । लिम्बू जातिको मुन्धुममा उल्लेख भएअनुसार कृषि युग सुरु हुनु अघि लिम्बूका आदिम पुर्खा सावा येत्हाङले कन्दमूल काँचै खाएर जीवनयापन गर्दथे, जसले गर्दा उनीहरू कुपोषण र अनेक रोगव्याधीको सिकार हुन्थे । यी समस्या समाधानको विकल्प खोजीमा सर्वशक्तिमान् तागेरानिङवाभु माङसँग प्रार्थना गर्दथे । यही प्रार्थनाले गर्दा नै उनीहरूले पेनारमाङदःक [कोदो], परामा [कोदोसँग उम्रने फल्ने], ताक्मारु [घैया], तुम्री [जुनेलो] आदि बीउ बिजन तागेरानिवाभु माङले उपलब्ध गराइदिए । मनुष्यलाई खेतीपाती सिकाउने देवीका रूपमा येत्हाङका चेला सिबेरा एःक्थुक्मा सिबोरा याभुङगेम्मा हुन् भनी लिम्बू जातिले मान्दछन् । यी नै कथनअनुसार माङहरुलाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको पाइन्छ ।

आफूले लगाएको बालीनाली पाकेपछि माङहरुलाई चढाएपछि खाने र रमाउने चाडको रूपमा लिइएको पाइन्छ । सम्पूर्ण देवीदेवता तथा प्रकृतिको पूजा गर्ने क्रममा तीनराते धार्मिक अनुष्ठान [तङसिङ] पनि गर्ने गरिन्छ । आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाई खाएमा धुताउने, बौलाउने, रगत छदाउने, कुन्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गाँड निस्कने, आँखा दुखाउने [अन्धो बनाउने], कान दुखाउने [बहिरा बनाउने] जस्ता भयावह रोगव्याधिले दुःख पाइने लिम्बू जातिमा विश्वास रहिआएको छ ।

यही समयमा हिमाली भागमा हिउँ पर्ने भएकाले उच्च पहाडी भाग तथा हिमाली भेगको खर्कतिर लगिएको गाईगोठ पनि तल बस्तीतिर झारिने गरिन्छ, जसलाई उद्यौली झारिएको भन्ने गरिन्छ । यिनै गाईगोठलाई हिउँद भरी खेतबारीमा मलजल गराई पुनः वैशाख महिनामा उकालो लगिइन्छ, जसलाई उभौली भन्ने गरिन्छ । जसलाई यद्वा पूजा [उभौली पूजा] भन्ने गरिन्छ । र यिनै देवीदेवताको आर्सीवादले फलाएको उब्जाएको अन्नबाली चढाउने पूजालाई चासोक भनेर मान्ने गरिन्छ ।

हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु हुने चासोक तङ्नाम [न्वागी पूजा] अर्थात् उधौली सुरु भएको छ । यो पर्व प्रत्येक वर्ष संसारभरी छरिएर रहेका लिम्बू जाति भेला भएर विशेष पूजाअर्चना गरी मनाउने गरेका छन् । जस्तै नेपाल, भारत, हङकङ, संयुक्त अधिराज्य, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिकालगायत मुलुकमा रहेका लिम्बू समुदायले जातीय भेषभूषासहित सांस्कृतिक कार्यक्रम गरी चासोक तङनाम मनाउँछन् । राजधानी काठमाडौँसहित पूर्वी नेपालको सङ्खुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, इलाम, पाँचथर र ताप्लेजुङलगायतका जिल्लामा रहेका लिम्बू बस्तीमा विभिन्न कार्यक्रम गरी चासोक मनाउने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय