विजय धिमाल
उर्लाबारी २ असार
मोरङको उर्लाबारी नगरपालिका–३ धिमाल परियोजाना दश विगेमा धिमाल जातिको महान पर्व जातिरि÷सिरिजात पर्वको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम तथा सम्मन सहति सम्पन्न भएको छ ।
जातीय विकास केन्द्रले “धिमाल जातिको पहिचान राष्टको शान” धिमाल स्वायत्तक्षेत्र हाम्रो अभियान” भन्ने मुलनाराका साथ प्रदेश नम्बर–१ का आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीबाट कार्यक्रमको समुद्घाटन गरिएको थियो ।
कार्यक्रममा केन्द्रले प्रत्येक वर्ष धिमाल युवा प्रतिभा पुरस्कार सम्मान प्रदान गर्दै आइको छ । जसमा धिमाल युवा प्रतिभा पुरस्कार बेलबारी नगरपालिका १०, माटिगाउँ मोरङकी स्वरस्ती धिमाललाई प्रदान गरिएको थियो । उनलाई आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी, केद्रिय अध्यक्ष, विशिष्ठ अतिथि र उपस्थित अतिथिहरुबाट सम्मान पत्र, आल्गी धावा र नगद रु पाँच हजार सहित सम्मान गरिएको थियो । उनले गिनिज बुक अफ वर्ड रेकर्डमा सबैभन्दा उच्च स्थान ५,२७८ मिटर उचाईमा कोरियोग्राफि गरेर नाम लेखाउन सफल, एक सफल नृत्यङ्गना हुन । डान्सिङ स्टार नेपाल, स्कुल डान्सिङ च्याम्स, शिखर डान्स आईकनको उपाधि विजेता हुन भने उनले विभिन्न गितमा कोरियोग्राफरको रुपमा काम समेत गरीसकेकी छिन ।

मेला तथा साँस्कृतिक कार्यक्रममा मोरङ, झापा, सुनसरी, काठमाण्डौ जिल्ला समेतबाट धिमाल लगायत गैह्र धिमालहरु हजारौंको संख्यामा सहभागी थिए । साँस्कृतिक कार्यक्रमा बिभिन्न धिमालटोलहरुबाट आएका धिमाल नृत्य, गायन विधाका धिमाल राष्ट्रिय कलाकार संजिव धिमाल, गायक डिकबहादुर धिमाल, सुरेश भिमाल, हास्य कलाकार बिक्रम धिमाल संगै विभिन्न गाउँटोलबाट आएका धिमाल सामुकि नृत्यबाट मनोरञ्जन दिलाएका थिए ।
१ नम्बर प्रदेशसभा सदस्य माननिय उमाकान्त गौतमले धिमाल समुदायको भाषा, धर्म र संस्कृतीको संरक्षणमा तीनै तहको सरकारले ध्यान दिन आवश्यक रहेको बताउदै अल्पसंख्यक धिमाल समुदायको सबै संस्कृति, भेषभुसा, खानापरिकार यहाँस्थित धिमाल परियोजना स्थलमा भेटिनुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले धिमालहरू नेपालका सबैभन्दा पुराना आदिवासी र भूमिपुत्र भएको उल्लेख गर्दै हिजो राज्यको विभेदकारी नीति भएकै कारण आदिवासी जनजातिहरू राज्यले वितरण गरेका सेवा सुविधाबाट वञ्चित भएको बताउदै लोकतान्त्रिक गणतन्त्रमा मात्रै सबै जात, धर्म र लिङ्ग भएका नागरिकले राज्यको सुविधा समान रुपमा प्राप्त गर्ने उनको भनाइ रहेको थियो ।
विक्रम सम्वतको नयाँ वर्ष प्रवेशसंगै वैशाख २ गते मोरङको लेटाङ नगरपालिकाको भोगटेनी राजारानी धिमाल डाँडाबाट जात्रि पर्व प्रारम्भ हुने गर्दछ । मोरङ, झापा, सुनसरी, र काठमाण्डौ जिल्ला लगायत नेपाल भर रहेका एक साय भन्दा बढी धिमाल बस्तिहरुमा फरक फरक गतेमा जातिरि÷सिरिजात मनाउने गरिन्छ । सबै ठाउँमा मनाईसकेपछि असार २ गते धिमाल जातीय बिकास केन्द्र परियोजना स्थल दश बिगेमा जात्रि सम्पन्न हुनेगरेको बिकास केन्द्रका अध्यक्ष अम्मबर बहादुर धिमालले जानकारी दिए । उनले भने, धिमाल समुदाय भरि कुनै ठाउँ पुजा त कुनै ठाउँ मेला लगाउदै २ महिना सम्म लगातार मनाउदै आएका छन । नेपालमै लामो समय सम्म जातीय पर्व मनाउने धिमाल जाति बाहेक अन्य जाति नरहेको उनको भनाई छ ।
अतितमा जंगलका हिंस्रक जनावर, अनेकौँ रोगव्याधि, महप्रलय, अनाबृष्टि, अतिबृष्टि, अनिकाल, खडेरी, आगलागि लगायत अनेकौँ संकटहरुबाट बच्न र बचाउनका खातिर ग्रामथान÷महाराजथानमा देरादिर ृभगवाने घरदेखि केहिपर वा धिमाल समुदायको पूर्वपट्टी थान र्र्निमाण गरि वर्षको एक पटक पुजाआजा परापूर्वदेखि हाल सम्म जातिरि मनाउनदै आएको धिमाल जातीय विकास केन्द्रका महासचिव मात्रिका धिमाल बताउछन । उनका अनुसार जात्रिमा ग्रामथान तथा महाराजथानमा पुजाआजा गर्दा फलफुल लगायत सुँगुर, बोका, बाख्रा, हाँस, कुखुरा, परेवा आदिको बलिदिने र रक्सी पनि चढाउने चलन रहेको छ । मूख्य बाजा ढोल बजाएर प्रतिस्पर्धा गरि प्रथम, द्वितिय, त्रितिय र सानत्वना हुनेलाइ पुरस्कृत समेत गरिन्छ । ढोल प्रतिस्पर्धामा सबै गाँउ टोलका धिमाल जाति नै हुन्छन । सहभागी १०५ टोल सहभागी मध्धये प्रथम नलबारी दमक झापा , द्वितिय आम्बारी उर्लाबारी मोरङ र तृतिय ठुलो अर्नाखाडी दमक झापा गाउँटोल भएभने नगद सहित प्रमाण पत्रद्वारा पुरस्कृत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १ प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी रहेको थियो भने, विषिश्ठ अतिथिहरुमा प्रदेश सरकारका पूर्वमन्त्रीहरु तिलकुमार मेन्याङ्बो, निर्मला लिम्बू, संघिय सांमसद उमाकान्त गौतम, प्रदेश सांसद सोभा पालुङवा, विद्या चाम्लिङ राई, पुर्व सभासद तथा सम्विधान सभा सदस्य नगेन्द्रबहादुर धिमाल, प्रदेश साम्शद नम्बरलाल धिमाल, उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल र विभिन्न संघ संस्ताका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, स्थानिय बुद्धीजिवि समाजसेवि लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वागत मनतव्य धिमाल जातीय विकास केन्द्रका केन्द्रीय सह अध्यक्ष केदार धिमालले गरेका थिए भने कार्यक्रम संचालन धिमाल जातीय विकास केन्द्रका केन्द्रीय महासचिव मात्रिका धिमालले गरे विविध सांस्कृतिक कार्यक्रमका साथ जात्री समापन भएको हो । धिमाल जातीय विकास केन्द्रका केन्द्रिय अध्यक्ष अम्मबर बहादुर धिमालको सभापतित्वमा कार्यक्रम समापन भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय