उर्लाबारी ६ फागुन
मोरङको उर्लाबारीमा एक किशोरी अचेत अवस्थामा भेटिएपछि प्रहरीले रिसोर्टका सञ्चालकलाई पक्राउ गरेको छ ।
मोरङको उर्लाबारीमा डेरा बस्दै आएकी १७ वर्षीया किशोरी उर्लाबारी नगरपालिका ४ आइतबारेस्थित नवराज भट्टराईको गाईगोठमा आइतबार बिहान अर्धचेत अवस्थामा भेटिएकी थिइन् । अचेत अवस्थामा देखेपछि बिहान ८ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मिक्लाजुङ गाउँपालिका घर भएकी किशोरी अध्ययनका लागि उर्लाबारीमा कोठा भाडा लिएर बस्दै आएको प्रहरीले जनाएको छ । स्थानीयले जानकारी दिएलगत्तै इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीको टोलीले घटनास्थलमा पुगी किशोरीको उद्धार गरेको थियो । उद्धार गर्दै उनलाई उपचार एवं स्वास्थ्य परीक्षणका लागि विराटनगर लगिएको र
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट किशोरी बलात्कृत भएको पत्ता लागेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार बलात्कारपछि केही थाहा नपाउने अवस्थामा पुगेकी उनी गाईगोठमा पुगेकि खुल्नमा आएको छ । घटनाअघि प्रलोभनमा पार्दै एउटा होटलमा लगेर बलात्कार गरेको खुलेको हो ।घटनामा उर्लाबारी ५ मिलनचोकका ४१ वर्षीय रविन गुरुङलाई पक्राउ गरिएको दाहालले जानकारी दिए । गुरुङ उर्लाबारी ३ मा रहेको प्रार्थना रिट्ट्रेट नामक रिसोर्टका सञ्चालक रहेको खुल्नमा आएको छ ।
किशोरीका अभिभावकले दिएको किटानी जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् । गुरुङविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउने प्रहरीको तयारी छ । किशोरीलाई गुरुङले ललाइफकाइ प्रलोभनमा पारेर उर्लाबारी ४ स्थित कात्यानी हेरिटेज होटलमा लगी कोठा बुक गरेर राखेपछि बलात्कार गरेको खुलेको डीएसपी दाहालले जानकारी दिए । उनका अनुसार बलात्कारपछि किशोरी केही थाहा नपाउने भएकी थिइन् ।
उपचार सुरु गरेपछि अवस्था सामान्य बन्दै गएको दाहालले जानकारी दिए । उनका अनुसार अहिलेसम्म घटनामा १ जनाको मात्रै संलग्नता देखिएको छ । अनुसन्धानबाट अरुको संलग्नता देखिए पक्राउ गरेर कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ । घटनासँग सम्बन्धित अरु विषय अनुसन्धानपछि यकिन हुने दाहालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय