उर्लाबारी १९ माघ
मोरङको उर्लाबारीमा जारी दोश्रो उर्लाबारी भेट्रानस् नगरस्तरीय तथा स्व. राजबहादुर साम्याङ्खाम नकआउट फुटबल प्रतियोगिताको फाइनलमा सुन्दर हरैचा नगरपालिकालाई पराजित गर्दै धरान उपमहानगरपालिका बिजयी भएको छ ।
शुक्रबार सम्पन्न फाइनल खेलमा सुन्दरहरैचा नगरपालिकालाई तीन शुन्यको गोल अन्तरले पराजित गर्दै धरान उपमहानगरपालिका बिजयी भएको हो । खेलको शुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गरेको धरानका लागि म्यान अफ द म्याच जर्सी नम्बर १२ भए भने धरानका लागि जर्सी नम्बर ११ ले २ गोल गरे भने जर्सी नम्बर २ ले १ गरेका थिए । हारसँगै सुन्दरहरैचा नगरपालिका उपबिजेता भएको थियो ।
उपबिजेता बनेको सुन्दरहरैचाले नगद ५० हजार सहित ट्रफी मेडल र प्रमाण पत्र र बिजेता धरान उपमहानगरपालिकाले नगद ७५ हजार सहित ट्रफी मेडल प्रमाण पत्र प्राप्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय