उर्लाबारी २५ बैशाख
पथरी शनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को बजेट नीति तथा कार्यक्रम तयारी सम्वन्धमा नगरका सञ्चारकर्मीहरुसँग राय सुझाव संकलन गरेको छ ।
आज नगरपालिकामा भएको नीति तथा कार्यक्रम तयारी सम्वन्धमा राय सुझाव संकलनको अध्यक्षता उप–प्रमुख देविमाया काफ्ले रहनुभएको थियो । योजना शाखाका लुकनाथ पोखरेलले सञ्चालन गर्नुभएको सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शशि राईले उपस्थित सञ्चारकर्मी माझ कार्यक्रमको बारेमा प्रष्ट्याउनुभएको थियो । त्यसपश्चात् नेपाल पत्रकार महासंघ मोरङ शाखाका कार्यवहाक अध्यक्ष मोहन भट्टराई, सञ्चारकर्मी एवं प्राध्यापक अर्जुन जम्नेली राई, केशव निरौला, फिपराज बेघा, दिनेश सुब्बा, बिजय खम्बु, छवि ढकाल लगायतले आ–आफ्ना गहकिला राय सुझावहरु राख्नुभएको थियो ।
भोलि राजनीतिक दलका प्रतिनिधिहरुसँग राय सुझाव संकलन गरिने नगरपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय