गुनजन खबर संवाददाता
पुस २३
मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर(३ मंगलबारेमा अवस्थित धिमाल जातिको केन्द्रीय समितिको ७ अौं चुनावी राष्ट्रिय महाअधिवेशन हुनेभएको छ ।
हाल सो राष्ट्रिय महाअधिवेशनको तिब्ररुपमा लागिपरेको देखिन्छ । ६ अौं माहाअधिवेशन सम्म आइपुग्दा भव्य र सभ्य रुपमा मिलेर केन्द्रीय समिति बन्दै आएको इतिहास हो । तर ७ अौं महाअधिवेशन जुन पुसको २८ र २९ गते हुने तय भएको छ । यस पटक कृष्णबहादुर धिमाल झापा ठुलो अर्नाखाडी र अम्बरबहादुर धिमाल मोरङ उर्लाबारी केन्द्रीय अध्यक्षमा आकांक्षी बनेका छन् । विगत देखि हाल सम्म आइपुग्दा यो संस्थाले ३३र३४ वर्ष पार गरिसकेको अवस्था छ । नेपालमै पहिलो पटक अथाह भूमि दस विग्गाह ९परियोजना स्थल० मन्त्री परिषद्को क्याभिनेटले मनमोहन अधिकारी प्रधानमन्त्री हुदा र तत्कालीन भरत मोहन अर्थ मन्त्री हुदा प्रस्ताव गरि धिमाल जातिको उत्थान र विकासमा टेवा पुगोस भनी दिएको जमिन हो यो । जसले हाम्रोलागि यति सम्मगरे तर कुनैदिन पनि उनिहरुको सम्झनामा दियो बालेनन् वा सम्झिने काम भएन । यस बिचमा धेरै केन्द्रीय अध्यक्ष बने तर धिमाल र धिमाल समुदाय बिच कुनै गौरवको विकासको काम हुन सकेन । त्यो कालमा स्थापना भएको संस्थाको विधान र भावी योजनाहरु सुन्ने, सुनाउने बाहेक केहि हुन सकिरहेको अवस्था छैन । संस्थाले लिएको काम, कर्तव्य र उद्देश्य अनुरुप कुनैपनि कार्य हुन नसकिरहेको अवस्था तपाईं हामी माझ प्रष्ट छ । विगतमा पनि केन्द्रीय अध्यक्ष बन्न भावी योजनाहरु प्रस्तुत गरेरै बने र राजनैतिक तवरले कुन पार्टीको सरकार छ त्यही अनुसार पनि बने तर कुनै पार लाउन सकेनन् संस्थालाई । परियोजना स्थलमा धिमाल भाषा विद्यालय तत्कालीन सांसद दोय नगेन्द्र धिमाल र भीष्म धिमालको सहयोगमा निर्माण भयो तर निर्माण सम्पन्न हुदा समेत कुनै पार लाग्न सकेको छैन । सो भवनमा अध्ययन हुनुपर्ने केन्द्रीय कार्यालय चालाएको अवस्था छ । कक्षा पाँच सम्म पाठ्यक्रम बनाएपनि थन्किएको अवस्था छ । धिमाल लिपि भएपनि हाल सम्मपनि कार्वनयन हुन नसक्नु, परियोजना भित्र होटल संचालन, हरेक वर्ष डिपिआर बन्दैछ भन्दै वर्षौ बित्दा समेत हुन नसक्नु, जो केन्द्रको ठुलाबढा छन उनिहरुकै ठाउँमा संग्रहालय निर्माण यति सम्म हुदा समेत सबै मौन भएको अवस्था कम्जोरी कस्को रु मदन भण्डारी स्मृति प्रतिष्ठान बहुशिक्षालय संग धिमाल समुदायको उत्कृष्ट अंक ल्याई पास हुनेलाई अध्ययन गराउने सम्झौता के हुदैछ हाल सम्म रु
जातीय संस्था हो अरुको इशारा र आडमा हैन हामी आफैले गर्नुपर्छ र गर्न सक्नुपर्छ भन्ने भावना हाल सम्मको केन्द्रीय समितिमा नरहेको प्रष्ट छ । समिति बन्दा जातीय हक र हितलाई बेवास्तागरि कुन(कुन राजनैतिक पार्टीको हो सबैलाई समेटेर समिति बनाइन्छ र बन्दै आएको अवस्था छ । हुनत पार्टी प्रति सबैको आस्था रहन्छ तर रहदै गर्दा सो अनुसार विकासका कामहरूमा एक अर्का प्रति दोसारोणकै कारण विकास हुनबाट चुकेको देखिन्छ संस्था । आसन्न ७ औं राष्ट्रिय महादिवेशनमा आकांक्षी दोयबाट भावी योजनाहरु पढ्दा र सुन्दा आङनै सिरिङग हुने खाल्को छ अबचै गर्लान् नै भन्ने छ तर उखान छनि ूजुनै जोगी आएपनि ।।।।ू झै हुन नसकिएला भन्न सकिन्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय