मोरङ ७ चैत
मोरङको बेलबारी नगरपालिका वडा नं। १ भेडा टोल स्थित डेरामा बस्दै आएका आफ्नै श्रीमानले श्रीमतीको हत्या गरी आफै पनि घाँटी रेटेका छ ।
६० वर्षीय बमबहादुर लिम्बुले राति करिव साढे १ बजेको समयमा आफ्नी श्रीमती ४५ वर्षीया गीता लिम्बुको धारिलो हतियार दाउ प्रयोग गरी हत्या गरेको र श्रीमतीको हत्यापछि उक्त दाउले आफ्नो घाँटी रेटेको प्रहरीले जनाएको छ । ८ बर्षिय छोरा भने भागेर बाँच्न सफल भएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्कीकाका अनुसार आन्तरिक विवादपछि लिम्बुले श्रीमतीमाथि दाउ प्रहार गरेका थिए र सोही दाउले आफ्नो पनि घाँटी रेटेको घाँटी रेटेका लिम्बु घटनास्थलमा घाइते अवस्थामा भेटिए भने घाइते अवस्थामा भेटिएका उनलाई उपचारका लागि तत्काल नोबेल अस्पताल विराटनगर लगिएको थियो । अस्पतालले लिम्बुको मृत्यु भएको घोषणा गरेको प्रहरीले जनकारी दिए । उनको शव कोशी अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय